नेभिगेशन
समाज

गृहमन्त्री सुधनको सम्पत्तिः ६१ लाख नगद, ८७ हजार कित्ता सेयर

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरण अनुसार 

गृहमन्त्री सुधन गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरण अनुसार चितवनको भरतपुरमा १८ मा ३० काठ्टा र गोरखाको चुमनुब्री ३ मा २२१ रोपनी जग्गा रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी धनकुटाको कार्कीछापमा १९ रोपनी जग्गा रहेको छ । गुरुङसँग ८९ तोला सुन रहेको छ । गुरुङको सम्पत्ति विवरण अनुसार ६ किलो चाँदी रहेको छ भने नगद करिब ६० लाख रहेको छ ।

Ncell
Extreme Energy

उनले देखाएको विवरण अनुसार नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ, लक्ष्मी सनराई बैंकमा ५ लाख ३५ हजार ४ सय र सानिमा बैंकमा १ हजार ५७४ रुपैयाँ रहेको छ । यो नगद आम्दानीको स्रोत भने उल्लेख गरेका छैनन् । सुनमा भने पैत्रिक सम्पत्ति भनेका छन् ।

मन्त्री गुरुङसँग सेयर पनि निकै रहेको छ । उनले गरेको लगानी अनुसार होप होल्डिङमा उनको ३० हजार कित्ता अर्थात ३० लाख रुपैयाँ बराबरको सेयर रहेको छ । यो सेयर उनले व्यावसाय र पैत्रिक भनेर उल्लेख गरेका छन् ।

त्यसैगरी, उनले अगुम प्रिमियमा ५७ हजार कित्ता सेयर ५७ लाख रुपैयाँको सेयर रहेको छ । उनले सेयर कारोबार हुन रकम भनेर २ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् ।

सम्पत्ति विवरण अनुसार गुरुङसँग ४७ लाख ९९ हजार रुपैयाँमा किनेको एमजी गाडी पनि रहेको छ । यो गाडी भने लगुम प्रिमियम अपार्टमेन्टको नाम रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...
ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

सुदूरबासीलाई बचाउन सरकार आउँदैन काल आफै सचेत हुनुपर्छ ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ । विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा ई–पासपोर्ट उत्पादन गरेको जनाएको छ ।