नेभिगेशन
विदेशका कुरा

ओर्बन युगको अन्त्य, हङ्गेरीमा नयाँ मोड

हङ्गेरीमा १६ वर्षदेखि सत्तामा रहँदै आएका प्रधानमन्त्री भिक्टर ओर्बन अन्ततः पराजित भएका छन् । मतदाताहरूले अधिनायकवादी प्रवृत्ति र अति–दक्षिणपन्थी राजनीतिप्रति असन्तुष्टि जनाउँदै युरोप समर्थक नयाँ नेतृत्व रोजेपछि देशको राजनीतिक दिशा नै फेरिने सङ्केत देखिएको छ ।

ओर्बनका पूर्व सहयोगीसमेत रहेका पिटर मग्यारले भ्रष्टाचारविरुद्ध, सार्वजनिक सेवा सुधार र युरोपेली सङ्घ (इयु) तथा नाटोसँग सम्बन्ध पुनःस्थापनाको एजेन्डा अघि सार्दै ऐतिहासिक जित हासिल गरेको हो । प्रारम्भिक मतगणनामा उनको टिस्जा पार्टीले करिब ५३ प्रतिशत मत ल्याउँदा ओर्बनको फिडेज पार्टी ३७ प्रतिशतमा सीमित देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक सय छ मध्ये ९४ निर्वाचन क्षेत्रमा अग्रता लिँदै मग्यार स्पष्ट विजेता बनेका छन् । पराजय स्वीकार गर्दै ओर्बनले परिणामलाई ‘पीडादायी’ भने र अब विपक्षबाट राष्ट्रको सेवा गर्ने बताए। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीका रूपमा परिचित थिए, जसका कारण हङ्गेरीको विदेश नीति पनि लामो समयदेखि विवादमा थियो ।

Ncell
Extreme Energy

मग्यारको विजयले इयुभित्रको शक्ति सन्तुलनमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । ओर्बनमाथि विगतमा बारम्बार भिटो प्रयोग गरेर इयुका निर्णयहरू अवरुद्ध गर्दै आएको र रूससँग नजिकिँदै गएको आरोप लाग्दै आएको थियो । विशेषगरी युक्रेन युद्धका विषयमा उनको भूमिकाले युरोपेली नेताहरूलाई असहज बनाएको थियो ।

चुनावी परिणामपछि बुडापेस्टमा उत्साहपूर्ण वातावरण देखिएको छ । डेन्युब नदी किनारमा हजारौँ समर्थकहरू भेला भई विजय उत्सव मनाउँदा सहरका सडकहरूमा नाराबाजी र हर्षोल्लास फैलिएको थियो । “आज सत्यले झुटमाथि जित हासिल गरेको छ”, मग्यारले समर्थकहरूलाई सम्बोधन गर्दै भने, “हामीले आफ्नो देशका लागि जिम्मेवारी बुझेका छौँ ।”

करिब ८० प्रतिशत मतदान भएको यस निर्वाचनलाई हङ्गेरीको कम्युनिस्टपछिको इतिहासकै उच्च सहभागितामध्ये एक मानिएको छ । यसले जनताको परिवर्तनप्रतिको आकांक्षा स्पष्ट देखाएको विश्लेषकहरूको भनाइ छ ।

ओर्बनको शासनकालमा मिडिया स्वतन्त्रता, अल्पसङ्ख्यक अधिकार र संस्थागत संरचनामाथि दबाब बढेको आरोप लाग्दै आएको थियो । साथै, सत्ता नजिकका व्यवसायिक समूहहरूलाई लाभ पुर्‍याइएको भन्ने आरोप पनि उनले अस्वीकार गर्दै आएका थिए।

अब मग्यारको नेतृत्वमा हङ्गेरी पुनः युरोपतर्फ फर्किने वा पुरानै विभाजित राजनीतिक धार कायम रहने भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ । उनले यसअघि नै यो चुनाव ‘पूर्व वा पश्चिमबीचको छनोट’ भएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

लस एन्जलस, सानडिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबीचलगायत आसपासका राज्य र सहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए । सान फ्रान्सिस्को सिटी हलबाटबाट सुरु भएको नेपाल डे परेड...
खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

प्योङयाङस्थित आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले देशका धेरै क्षेत्रमा विरलै देखिने प्रकारको खडेरी जारी रहेको जनाएको छ । उक्त अवस्थाले प्रारम्भिक मौसमका बालीहरूमा प्रत्यक्ष असर पारेपछि...
नाकाबन्दीले थिचिँदै इरान, बम आक्रमणभन्दा नाकाबन्दी प्रभावकारी रहेको ट्रम्पको ठहर

नाकाबन्दीले थिचिँदै इरान, बम आक्रमणभन्दा नाकाबन्दी प्रभावकारी रहेको ट्रम्पको ठहर

अमेरिकी उच्च अधिकारीहरूले इरानसँग संवादको प्रयास गरे पनि त्यहाँको शक्ति संरचनाबारे स्पष्टता नहुँदा वार्ता प्रभावकारी हुन सकेको छैन । इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्व तहमा क्षति पुगेकाले निर्णय...
दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत  शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । सिओलस्थित दूतावासका अनुसार उनले...