नेभिगेशन
विदेशका कुरा

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ । अमेरिका र इरानबीचको वार्ता असफल भएपछि सैन्य दबाब, तेल बजारको उछाल र क्षेत्रीय द्वन्द्वहरू एकसाथ तीव्र बन्दै गएका छन्, जसले युद्धको जोखिम थप बढाएको सङ्केत दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए पनि नफर्किए पनि आफूलाई फरक नपर्ने स्पष्ट पारेका छन्। फ्लोरिडाबाट फर्केपछि मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले इरानसँग सम्झौता नभए पनि अमेरिका आफ्नो रणनीतिमा अडिग रहने बताए। यसैबीच, पाकिस्तानमा सप्ताहन्तमा भएको वार्ता निष्कर्षविहीन बनेपछि कूटनीतिक प्रयास झनै कमजोर भएको देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तनावलाई थप चर्काउने गरी अमेरिकी सेनाले सोमबारदेखि इरानी खाडी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ । युएस सेन्ट्रल कमान्डका अनुसार होर्मुज जलडमरूमध्य आसपासका इरानी बन्दरगाहहरूमा आवतजावत गर्ने सबै जहाजमाथि निगरानी र नियन्त्रण गरिनेछ । यद्यपि अन्य देशका जहाजहरूको स्वतन्त्र आवागमनमा अवरोध नपारिने जनाइएको छ । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने यस रणनीतिक जलमार्गमा यस्तो कदमले विश्व बजारमै असर पार्ने अनुमान गरिएको छ ।

Ncell
Extreme Energy

इरानले भने यस्तो कदमलाई अस्वीकार्य भन्दै कडा प्रतिक्रिया जनाएको छ । रिभोलुसनरी गार्ड्सले होर्मुज क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै कुनै पनि उक्साहटको जवाफ कडा रूपमा दिने चेतावनी दिएको छ । इरानी नौसेनाका प्रमुखले अमेरिकी कदमलाई ‘हास्यास्पद’ भन्दै आफ्नो सेनाले क्षेत्रका सबै गतिविधिमा निगरानी गरिरहेको बताए।

इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले पनि देश कुनै दबाबमा नझुक्ने स्पष्ट पारका छन्। “यदि युद्ध थोपरियो भने हामी लड्छौँ, र यदि संवाद आयो भने संवादमै अघि बढ्छौँ”, उनको भनाइ उद्धृत गरिएको छ । उता, विदेशमन्त्री अब्बास अराघचीले वार्ता सम्झौताबाट ‘इन्च मात्र टाढा’ पुगेको दाबी गर्दै अन्तिम समयमा अमेरिकाले अडान बदलेको आरोप लगाएका छन्।

यसबीच, तनावको सीधा असर ऊर्जा बजारमा देखिएको छ । अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ भने अन्तर्राष्ट्रिय बजारमा पनि ब्रेन्टको मूल्य तीव्र रूपमा बढेको छ । विश्लेषकहरूका अनुसार खाडी क्षेत्रमा अवरोधको जोखिमले आपूर्ति अनिश्चित बनेपछि मूल्य उक्लिएको हो ।

क्षेत्रीय स्तरमा पनि द्वन्द्व शान्त हुने सङ्केत देखिएको छैन । लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायल–हिजबुल्लाह युद्ध अन्त्य गर्न प्रयास जारी रहेको बताए । उनले इजरायली सेना फिर्ता गराउने, कैदीहरू मुक्त गराउने र ध्वस्त संरचनाको पुनर्निर्माण गर्ने लक्ष्यमा काम भइरहेको उल्लेख गरे ।

तर इजरायलले भने आफ्नो सैन्य कारबाहीलाई निरन्तरता दिने सङ्केत दिएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनान भ्रमणका क्रममा हिजबुल्लाहबाट आउने खतरा नियन्त्रणमा आएको दाबी गरे, यद्यपि ‘सुरक्षा क्षेत्रभित्र युद्ध जारी’ रहेको स्वीकार गरेका थिए।

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन युनिफिलले इजरायली ट्याङ्कले आफ्ना गाडीहरूमा दुईपटक ठक्कर दिएको र दक्षिण लेबनानका केही मार्ग अवरुद्ध गरिएको जनाएको छ । यसले अन्तर्राष्ट्रिय चिन्ता थप बढाएको छ । लेबनानमा जारी आक्रमणका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र कुल मृतक सङ्ख्या दुई हजार ५५ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलले भने वर्तमान युद्धविराम लेबनानमा लागू नहुने बताउँदै हिजबुल्लाहविरुद्ध कारबाही जारी राख्ने अडान दोहोर्‍याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।