नेभिगेशन
समाज

अनेरास्ववियुको कार्यालयमा समाजकल्याण परिषद्को तालाः ऋषि धमलाले ७३ लाख तिरेनन्, अरुले कति ?

काठमाडौँ । समाज कल्याण परिषद् मातहत रहेको भृकुटीमण्डप भित्रको संरचना भाडामा लिई करिब ८ करोड बक्यौता नबुझाउने २० संघ, संस्था र केही व्यावसायिक संस्थामा समाज कल्याण परिषद्ले ताला लगाएको छ।

सोमबार नै प्रधानमन्त्री कार्यालय हुँदै महिला तथा बालबालिका मन्त्रालयबाट समेत निर्देशन आएपछि भाडा तिर्न अटेर गर्दै आएका २० संघ–संस्था र केही व्यावसायिक स्टलमा ताला लगाइएको समाज कल्याण परिषद्का सदस्य सचिव सरोजकुमार शर्माले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


भृकुटीमण्डप भित्रका ती संरचनाबाट ७ करोड ७९ लाख ८१ हजार ३४ रुपैयाँ बक्यौता उठ्न बाँकी छ। यसरी बक्यौता नबुझाउनेमा ऋषि धमलाको रिपोर्टर्स् क्लबसहित एमालेनिकट अनेरास्ववियुसमेत रहेका छन् । 

Ncell
Extreme Energy


धमला अध्यक्ष रहेको रिपोर्टर्स् क्लबले ७३ लाख ४० हजार ९०१ रूपैयाँ ७५ पैसा बुझाउन बाँकी छ।


एमालेनिकट अनेरास्ववियु  २०७७ सालदेखि  बस्न थालेको र हालसम्म भाडा बुझाएको छैन । अनेरास्ववियु बिना निवेदन, बिना सम्झौता जबरजस्ती बसेको परिषद्ले जनाएको छ।


त्यस्तै बालबालिकाका निम्ति गैरसरकारी संस्थाहरूको महासंघ नेपालले ८९ लाख ९० हजार ७४६ रुपैयाँ तिर्न बाँकी छ।

यस संस्थाले २०६३ सालदेखि भाडा बुझाएको छैन। राष्ट्रिय अपांग महासंघ, राष्ट्रिय फोटो पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ लगायतले पनि स्टल उपयोग गरी हालसम्म बक्यौता बुझाएका छैनन्।

भाडा नबुझाउनेहरूको सूची यस्तो छः

1776069663017-9c968cf3-c43f-436d-a77a-2ffb7e78702e_1-1776069816-1776072356.jpg

3-1776072378.jpg

2-1776072378.jpg

4-1776072379.jpg

5-1776072379.jpg

6-1776072379.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै