नेभिगेशन
समाज

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै नेपालको दिगो विकास र संस्थागत सुदृढीकरणका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्रीका रूपमा शाहले कार्यभार सम्हालेकोमा शुभकामना व्यक्त गर्दै महासचिव गुटेरसले ८ अप्रिलमा एक पत्रमार्फत नेपाल र राष्ट्रसंघबीचको लामो र अटुट साझेदारीलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका हुन्। उनले नेपालमा युवा नेतृत्वको आगमनलाई संकेत गर्दै सार्वजनिक जीवनमा सत्यनिष्ठा र नागरिक केन्द्रित शासनको आवश्यकतामा जोड दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुटेरसले पत्रमा भनेका छन्, तपाईंको नेतृत्व यस्तो समयमा आएको छ, जहाँ नयाँ पुस्ताले निर्णायक प्रगति, सार्वजनिक जीवनमा उच्च इमानदारिता र नागरिकलाई सेवा प्रवाह गर्ने संस्थाको माग गरिरहेका छन्।

Marvel
Extreme Energy

महासचिव गुटेरसले सन् २०३० को दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न नेपालस्थित राष्ट्रसंघीय टोलीले सरकारका प्राथमिकतामा पूर्ण साथ दिने समेत स्पष्ट पारेका छन्। शाहको कार्यकालमा नेपालले बहुपक्षीय सहयोग र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनेमा राष्ट्रसंघ विश्वस्त रहेको पत्रमा उल्लेख छ।

नेपालले राष्ट्रसंघसँग गर्दै आएको निरन्तरको सहकार्य र प्रतिबद्धताको प्रशंसा गर्दै गुटेरसले भनेका छन्, 'नेपालले संयुक्त राष्ट्रसंघसँग राख्दै आएको निरन्तरको संलग्नता र बहुपक्षीय सहयोगप्रतिको प्रतिबद्धताको म उच्च कदर गर्दछु।'

पछिल्लो समय नेपालको आन्तरिक राजनीतिमा आएको परिवर्तन र नयाँ नेतृत्वप्रति अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेका बेला राष्ट्रसंघीय प्रमुखको यो सन्देशलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।