नेभिगेशन
समाज

परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन: ज्ञानेन्द्र शाह (पूर्ण सम्बोधन सहित)

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँवर्षको पूर्व सन्ध्यमा शुभकामना सन्देश दिएका छन् । उनले उक्त सन्देशमा राजनीति र राज्य संचालनको गतिविधीमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय भएको बताएका छन् । 

उनले पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधीको ज्ञान भएका उत्साही पात्रहरुको आगमनले राष्ट्रलाई फलदायी बनाउनमा मद्दत पुग्छ भन्ने आफूलाई लागेको उल्लेख गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यो समयमा नेपाली जनताका आशा अभिलाषा पनि उत्तिकै भएको र हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरु र बाह्य मित्र शक्तिहरुको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा ध्यान केन्द्रित हुनुपर्ने जनाएका छन् । 

Ncell
Extreme Energy

यस्तो छ उनको पूर्ण सम्बोधनः 

प्यारा नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु,
हामी नयाँ वर्ष दुई हजार त्रियासीमा आइपुगेका छौं । नव वर्षारम्भको
यो परिवर्तनको पुनित अवसरमा देश भित्र र संसारका विभिन्न भूभागमा
रहे बसेका सबै नेपालीहरुलाई सुख र शान्तिको मंगलमय शुभकामना ।
समयको प्रवाहसँगै हामीले हाम्रो देश र हाम्रो समाजलाई प्रगति पथमा
अघि बढाउँदै जानुपर्दछ । विगतका कमी कमजोरी र त्रुटीलाई सच्याउँदै र
बाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्य तर्पm लम्कनु
पर्दछ । तब नै नयाँ वर्षको नवागत समयको अर्थ रहन्छ ।

वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल
तल झर्दै गयो भन्ने नेपालीहरुको आम मनोभावना रह्यो । राजनीति, राज्य
पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हे¥यौं तर
त्यो कोरा परिवर्तन मात्र भयो । दल दलको खल्बलमा त हामी धेरै दगु¥यौं
तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछाडी प¥यौं । सधैं प्रयोग, सधैं अभ्यास
र सधैं विकल्पको खोजीमा मात्र हामी लाग्यौं । फलस्वरुप हाम्रो देश
प्रयोगशाला मात्र रह्यो । स्थिरता, निरन्तरता र दृढता कता कता हराएर
गयो । विधी, पद्धति, व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहेनछ भन्ने
कुराको पाठ हामीलाई विगतले सिकाएको छ ।

राजनीति र राज्य संचालनको गतिविधीमा युवा पिढीको संलग्नता
बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक
प्रविधीको ज्ञान भएका उत्साही पात्रहरुको आगमनले राष्ट्रलाई फलदायी
बनाउनमा मद्दत पुग्छ भन्ने हामीलाई लाग्दछ ।

आज हाम्रो देश चौतर्पिm समस्याको चांगमा छ । यो बेला नेपाली
जनताका आशा अभिलाषा पनि उत्तिकै छन् । यो स्थितिमा हाम्रो आर्थिक
अवस्थालाई कसरी उकास्ने, छिमेकीहरु र बाह्य मित्र शक्तिहरुको सहयोग,
सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ ।
आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्त नाजूक अवस्थामा परेको
छ । नयाँ वर्षमा जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु र श्रोत साधनको
संरक्षण एवं जीवन जीउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभुति
दिन सुरक्षाका अंग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा
हुने पीडा प्रकोप विषयमा हाम्रो आन्तरिक सुरक्षालाई चुस्त दुरुस्त बनाउनु
आवश्यक देखिन्छ । आजको विषम र अशान्त विश्वमा हामीले हामीलाई
जोगाउने, हाम्रा उत्पादित, आयातित वस्तुको जोगाड गर्ने र कुनै प्रकारको
व्यवधान पर्न नदिने तर्पm राज्यको गहिरो ध्यान पुग्नु पर्ने देखिन्छ । आम
नागरिकले कुनै प्रकारको शारिरीक, मानसिक, भौतिक तथा जीवन यापनको
मामिलामा त्रास, पीडा, अभावको अनुभव गर्न नपरोस् । हरेक क्षेत्रमा भरपर्दो
आत्मनिर्भर भएर परनिर्भताबाट र स्वाधिन भएर पराधीनताबाट देशलाई
जोगाउनु छ । देशको श्रोत शक्ति हो, सहि उपयोग भएमा नै समाजको
कल्याण हुन्छ । अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको
सम्बद्र्धन भयो भने नै देशको गौरव बढ्छ । त्यसैले यिनै मूलभूत काम
कर्तव्य तर्पm अब हाम्रो पाइला अघि बढ्नु पर्छ । निषेध, फुट, द्वन्द्व र विद्रोहले
हामी कमजोर हुन्छौं ।

परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन ।
जनचाहना समेतलाई मनन गरि देशलाई केन्द्रमा राखेर कदम बढाउन
विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबैपक्षको
मागलाई सम्बोधन हुने गरि सम्बैधानिक समाधान खोज्न दृढ संकल्पित
बनौं ।

नेपाल शान्तिको भूमी बनोस्, उन्नतिको मुलुक बनोस् अनि आफ्नै
मौलिक सनातन र पहिचानबाट परिचित एवं प्रतिष्ठित बनोस् । सबै  सबै
नेपालीले न्याय, शान्ति र सुख पाउन् । यही हाम्रो सदिच्छा हो ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुर्गा प्रसाईं थुनामुक्त, म्याद थप गर्न नपर्ने अदालतको आदेश

दुर्गा प्रसाईं थुनामुक्त, म्याद थप गर्न नपर्ने अदालतको आदेश

मेडिकल व्यवसायी प्रसाईंमाथि साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्ति विरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न सरकारी वकिल कार्यालयमार्फत अदालतमा...
बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक, बिल अपलोड गर्न अनुरोध

करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक, बिल अपलोड गर्न अनुरोध

उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बिजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ्ने अनुमान विभागले गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार...
जग्गाको निस्सा दिलाइदिने भन्दै पैसा असुलेको गुनासोपछि कारबाही गर्ने समितिको चेतावनी

जग्गाको निस्सा दिलाइदिने भन्दै पैसा असुलेको गुनासोपछि कारबाही गर्ने समितिको चेतावनी

समितिले आज विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रुपमा निस्सा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको जनाएको छ। निस्सा...