नेभिगेशन
समाज

भारतीय नाकामा माईकिङ गरेर १०० रूपैयाँ भन्दा बढीको समान ल्याउनमा रोक, बढी ल्याए अनिवार्य महशुल तिर्नुपर्ने

काठमाडौँ । देशकै प्रमुख व्यापारिक नाका वीरगंज भन्सार कार्यालयले सीमा नाकाबाट भित्रिने सामानमा कडाइ गरेको छ । सशस्त्र प्रहरीले माईकिङ्ग गर्दै भन्सार कार्यालय भएर १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न लागेको छ । 

भन्सार महसुल ऐन, २०८१ अनुसार व्यक्तिगत प्रयोजनका लागि ल्याइने सामानको मूल्य १०० रुपैयाँ नाघेमा त्यसमा कर तिर्नुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्न सशस्त्र प्रहरी बल र भन्सार प्रशासनले संयुक्त रूपमा कडा निगरानी बढाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक शम्भु कटवालका अनुसार ऐनमा भएको व्यवस्था अनुसार नै कडाइ गरिएको हो । “हामीले कुनै नयाँ नियम लागू गरेका होइनौँ, विद्यमान कानुनलाई कार्यान्वयन मात्र गरेका हौँ ।” 

Ncell
Extreme Energy

.सीमाबाट हुने अवैध कारोबार र राजस्व चुहावट रोक्न यो कदम आवश्यक रहेको भन्दै नयाँ सरकारले नियम कडा गरेको हो । 

भन्सार कार्यालय स्रोतका अनुसार पछिल्लो समय सानो–सानो मूल्यका सामानको नाममा ठूलो परिमाणमा वस्तु भित्र्याउने र त्यसबाट राजस्व छल्ने प्रवृत्ति बढ्दै गएकाले नियन्त्रण गर्न लागिएको हो । 

यता स्थानीय बासिन्दाले भने उक्त निर्णयले दैनिक जीवनमा प्रत्यक्ष असर परेको गुनासो गरेका छन् । भारतसँग खुला सीमा भएका कारण वीरगञ्ज–रक्सौल क्षेत्रका बासिन्दाबीच वर्षौंदेखि ‘रोटी–बेटी’ सम्बन्ध रहँदै आएको छ । दैनिक उपभोग्य वस्तु, साना किनमेल तथा पारिवारिक आवतजावतमा समेत सहजता रहँदै आएको अवस्थामा अहिलेको कडाइले समस्या थपिएको उनीहरूको भनाइ छ ।

स्थानीय व्यापारी तथा सर्वसाधारणले सानो रकमका सामानमा समेत कर तिर्नुपर्ने व्यवस्थाले गरिब तथा निम्न आय भएका नागरिकलाई बढी मार परेको बताएका छन् । दैनिक उपभोगका लागि ल्याइने तरकारी, किराना सामग्रीमा पनि रोक लगाइँदा जीवनयापन कठिन भएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।