नेभिगेशन
समाज

भारतीय नाकामा माईकिङ गरेर १०० रूपैयाँ भन्दा बढीको समान ल्याउनमा रोक, बढी ल्याए अनिवार्य महशुल तिर्नुपर्ने

काठमाडौँ । देशकै प्रमुख व्यापारिक नाका वीरगंज भन्सार कार्यालयले सीमा नाकाबाट भित्रिने सामानमा कडाइ गरेको छ । सशस्त्र प्रहरीले माईकिङ्ग गर्दै भन्सार कार्यालय भएर १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न लागेको छ । 

भन्सार महसुल ऐन, २०८१ अनुसार व्यक्तिगत प्रयोजनका लागि ल्याइने सामानको मूल्य १०० रुपैयाँ नाघेमा त्यसमा कर तिर्नुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्न सशस्त्र प्रहरी बल र भन्सार प्रशासनले संयुक्त रूपमा कडा निगरानी बढाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक शम्भु कटवालका अनुसार ऐनमा भएको व्यवस्था अनुसार नै कडाइ गरिएको हो । “हामीले कुनै नयाँ नियम लागू गरेका होइनौँ, विद्यमान कानुनलाई कार्यान्वयन मात्र गरेका हौँ ।” 

Marvel
Extreme Energy

.सीमाबाट हुने अवैध कारोबार र राजस्व चुहावट रोक्न यो कदम आवश्यक रहेको भन्दै नयाँ सरकारले नियम कडा गरेको हो । 

भन्सार कार्यालय स्रोतका अनुसार पछिल्लो समय सानो–सानो मूल्यका सामानको नाममा ठूलो परिमाणमा वस्तु भित्र्याउने र त्यसबाट राजस्व छल्ने प्रवृत्ति बढ्दै गएकाले नियन्त्रण गर्न लागिएको हो । 

यता स्थानीय बासिन्दाले भने उक्त निर्णयले दैनिक जीवनमा प्रत्यक्ष असर परेको गुनासो गरेका छन् । भारतसँग खुला सीमा भएका कारण वीरगञ्ज–रक्सौल क्षेत्रका बासिन्दाबीच वर्षौंदेखि ‘रोटी–बेटी’ सम्बन्ध रहँदै आएको छ । दैनिक उपभोग्य वस्तु, साना किनमेल तथा पारिवारिक आवतजावतमा समेत सहजता रहँदै आएको अवस्थामा अहिलेको कडाइले समस्या थपिएको उनीहरूको भनाइ छ ।

स्थानीय व्यापारी तथा सर्वसाधारणले सानो रकमका सामानमा समेत कर तिर्नुपर्ने व्यवस्थाले गरिब तथा निम्न आय भएका नागरिकलाई बढी मार परेको बताएका छन् । दैनिक उपभोगका लागि ल्याइने तरकारी, किराना सामग्रीमा पनि रोक लगाइँदा जीवनयापन कठिन भएको स्थानीयको गुनासो छ ।
।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...