नेभिगेशन
समाज

अस्पतालमा विपन्नका लागि १० प्रतिशत निशुल्क शय्या सुनिश्चित गर्ने पोर्टल सार्वजनिक, यसरी हेर्नुहोस् विवरण

काठमाडौँ । सरकारले निःशुल्क उपचार गर्नुपर्ने बिरामीका लागि वेबसाइट सञ्चालनमा ल्याएको छ । 

 सरकारले सञ्चालनमा ल्याएको ‘फ्री हेल्थ पोर्टल’ यो https://freehealth.mohp.gov.np/ हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अब बिरामीले यो पोर्टलबाट अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्टाएका १० प्रतिशत शय्याको जानकारी लिन सक्छन् । 

Ncell
Extreme Energy

पोर्टलमा लगइन गरेर कूल शय्याको सङ्ख्या, निःशुल्क शय्याको सङ्ख्या, तत्काल बिरामीले प्रयोग गरिरहेका निःशुल्क शय्या, खाली रहेका निःशुल्क शय्या र प्रदेश तथा अस्पतालगत विवरण लाइभ हेर्न सक्छन् । 

पोर्टलमा हालसम्म १५ वटा अस्पतालले आफ्नो कूल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने सम्पूर्ण विवरण यस पोर्टलमा समावेश गरिसकेका छन् ।

साथै अस्पतालले निःशुल्क शय्या उपलब्ध नगराएमा अनलाइनबाटै सेवाग्राहीले उजुरी गर्न सक्ने छन् । 

बालेन नेतृत्वको नयाँ सरकारले स्वास्थ्य सेवालाई प्रविधिमार्फत पारदर्शी र पहुँचयोग्य बनाउन मन्त्रिपरिषद्को पहिलो बैठकबाट स्वीकृत १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ मा स्वास्थ्य क्षेत्र सुधारका लागि ३० दिनभित्र ‘फ्री हेल्थ पोर्टल’को निर्माण गर्ने घोषणा गरेको थियो । घोषणा गरेको २० दिनमै ‘फ्री हेल्थ पोर्टल’ निर्माण पुरा भएको छ ।

कानुनीरुपमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छुट्टाउनु पर्ने व्यवस्था गरे पनि प्रभावकारी कार्यान्वयन नहुँदा आर्थिक अभावकै कारण नागरिकले उपचार नपाउने अवस्था थियो ।

कानुनमै भएको व्यवस्थालाई कार्यान्वयन गराउँदै सरकारी तथा निजी दुवै अस्पतालको रियल टाइम (लाइभ) अनुगमन गर्न यो सरकारले ‘फ्री हेल्थ पोर्टल’ सञ्चालनमा ल्याएको जनाइएको छ । 

नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने संवैधानिक हकको व्यवस्था गरेको छ । 

यसै गरी नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्टाई अनिवार्य रूपमा निःशुल्क उपचार उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

कसरी काम गर्छ ?

सर्वसाधारणले यस पोर्टलमा लगइन गरेर कूल शय्याको सङ्ख्या, निःशुल्क शय्याको सङ्ख्या, तत्काल बिरामीले प्रयोग गरिरहेका निःशुल्क शय्या, खाली रहेका निःशुल्क शय्या र प्रदेश तथा अस्पतालगत विवरण लाइभ हेर्न सक्छन् । 

अस्पतालहरूले  स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) को वेब ठेगाना (hmis.gov.np/hmis)  मा गई आफूलाई उपलब्ध गराइएको DHIS2  को युजरनेम र पासवर्ड प्रयोग गरेर विवरण भर्नुपर्छ । तयार पारिएको म्यानुअलअनुसार अस्पतालहरूले 'Hospital Information' अन्तर्गत अस्पतालको प्रकार, स्वीकृत शय्या, निःशुल्क शय्या र सम्पर्क व्यक्तिको फोन नम्बर जस्ता विवरण अद्यावधिक गर्नुपर्छ ।

त्यस्तै'Free Health Service Status' मार्फत निःशुल्क उपचार पाउने बिरामीको परिचयपत्रको प्रकार, परिचय नम्बर, नाम, लिङ्ग, फोन नम्बर, आकस्मिक सम्पर्क नम्बर, भर्ना भएको मिति, बेड नम्बर, विभाग र रोगको निदान जस्ता विवरण भर्नुपर्छ । साथै पारदर्शीताका लागि स्थानीय तह वा वडाको सिफारिस पत्रसमेत अनिवार्य रूपमा स्क्यान गरी अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीनमहिने डेङ्गु सचेतना अभियान सुरु

तीनमहिने डेङ्गु सचेतना अभियान सुरु

साउन, भदौ र असोज महिनामा वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरोकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा ‘लामखुट्टेको प्रजननस्थल तथा बासस्थान...
मनिता शर्मा मृत्यु प्रकरण: एभरेस्ट अस्पताल र डाक्टर ज्योत्सनाले लापरबाही गरेको पुष्टि ,  ३९ लाख क्षतिपूर्ति भराउन आदेश

मनिता शर्मा मृत्यु प्रकरण: एभरेस्ट अस्पताल र डाक्टर ज्योत्सनाले लापरबाही गरेको पुष्टि , ३९ लाख क्षतिपूर्ति भराउन आदेश

प्री-एक्लेम्पसिया भएका बिरामीलाई शल्यक्रिया पूर्व दिनु पर्ने औषधी नदिइएको, आफैले नियमित परीक्षण गरिरहेको बिरामीको स्वास्थ्य जटिलताबारे पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको लगायतका विषयमा अस्पताल र चिकित्सकको लापरवाही पुष्टि...
२३ स्वास्थ्यकर्मी सम्पर्कविहीन, सरकारले भन्यो– १५ दिनभित्र हाजिर हुनू

२३ स्वास्थ्यकर्मी सम्पर्कविहीन, सरकारले भन्यो– १५ दिनभित्र हाजिर हुनू

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्पर्कविहीन स्वास्थ्यकर्मीलाई १५ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ ।
आजबाट नागरिक एपमार्फत देशभरको रगतको मौज्दात हेर्न सकिने

आजबाट नागरिक एपमार्फत देशभरको रगतको मौज्दात हेर्न सकिने

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन् ।