नेभिगेशन
विदेशका कुरा

चीनीया अर्थतन्त्रमा आंकलन भन्दा पाँच प्रतिशतले वृद्धि

मध्यपूर्वको युद्धका कारण विश्व अर्थतन्त्र अनिश्चिततामा रहेका बेला चीनले भने सन् २०२६ को पहिलो त्रैमासिकमा अपेक्षाभन्दा राम्रो आर्थिक प्रदर्शन गर्दै पाँच प्रतिशत वृद्धि हासिल गरेको छ ।

यसले बाह्य दबाबबीच पनि चिनियाँ अर्थतन्त्रको स्थायित्वलाई देखाएको विश्लेषकहरूले बताएका छन् । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबिएस) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीदेखि मार्चसम्मको अवधिमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन (जिडिपी) वार्षिक आधारमा पाँच प्रतिशतले वृद्धि भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो दर एएफपीले गरेको ४.८ प्रतिशतको पूर्वानुमानभन्दा माथि रहेको हो । सरकारले यस वर्षका लागि ४.५ देखि ५.० प्रतिशतसम्मको आर्थिक वृद्धिदर लक्ष्य राखेको छ, जुन पछिल्ला दशकहरूमा सबैभन्दा न्यून लक्ष्यमध्ये एक मानिन्छ । यद्यपि, पछिल्ला वर्षहरूमा रियल स्टेट क्षेत्रमा देखिएको दीर्घकालीन सङ्कट र आन्तरिक उपभोगमा आएको सुस्तताका कारण नेतृत्वलाई आर्थिक लक्ष्य पूरा गर्न निर्यातमा अझ बढी निर्भर रहनुपरेको छ ।

Marvel
Extreme Energy

त्यसैबीच, उपभोक्ता खर्चको सङ्केत दिने खुद्रा बिक्री मार्च महिनामा १.७ प्रतिशतले मात्र वृद्धि भएको छ, जुन ब्लुमबर्गले गरेको २.४ प्रतिशतको अनुमानभन्दा कम हो । यसले घरेलु माग अझै कमजोर रहेको सङ्केत गरेको छ । औद्योगिक उत्पादनतर्फ भने सकारात्मक सङ्केत देखिएको छ । मार्चमा औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको एनबिएसले जनाएको छ, जुन ब्लुमबर्गको ५.३ प्रतिशतको अनुमानभन्दा बढी हो ।

तर, जनवरी र फेब्रुअरीमा संयुक्त रूपमा रहेको ६.३ प्रतिशत वृद्धिदरको तुलनामा भने यसमा केही सुस्तता आएको देखिन्छ । विश्वव्यापी ऊर्जा बजारमा देखिएको अस्थिरताले पनि चीनको आर्थिक अवस्थालाई नजिकबाट प्रभाव पारिरहेको छ । विशेषगरी, इरानसँग सम्बन्धित अमेरिका–इजरायल द्वन्द्वका कारण तेल र ग्यासको मूल्यमा वृद्धि भएको छ ।

होर्मुज जल डमरूमध्यबाट हुने ढुवानीमा अवरोध आएपछि विश्व ऊर्जा आपूर्ति प्रभावित बनेको छ, जहाँबाट विश्वको झन्डै पाँचौँ भाग तेल तथा ग्यास आपूर्ति हुन्छ । यद्यपि, विज्ञहरूले चीनको ऊर्जा आपूर्ति स्रोत विविध भएकाले तत्काल ठूलो धक्का नलाग्ने बताएका छन् ।

तर, युद्ध लम्बिँदै गएमा विश्वव्यापी आर्थिक मन्दी आउन सक्ने र त्यसले चीनको निर्यात मागमा गिरावट ल्याउन सक्ने चिन्ता भने कायम रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, यस्तो छ अवरोधको कारण

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, यस्तो छ अवरोधको कारण

यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिए । यद्यपि उडान सेवा पूर्ण रूपमा सामान्य हुन केही समय लाग्ने...
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...