नेभिगेशन
समाज

बिल तिर्न नसक्दा अस्पतालमै बन्धक भए १७ वर्षीय शिव, पैसा जुटाउन हिँडेकी आमा तीन दिनदेखि बेपत्ता

उदयपुर । सिन्धुलीको दुधौली नगरपालिका–७, पोखरेका १७ वर्षीय शिव सदा अस्पतालमै बन्धक बनेका छन् । 

विष सेवनपछि अस्पताल भर्ना गरिएका शिव उपचारपछि सामान्य अवस्थामा फर्किएका छन् । तर अहिले उनी अस्पतालको बेडमै ‘बन्धक’ जस्तै छन्, किनकि परिवारसँग बिल तिर्न पैसा छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चैत २७ गतेको साँझ, आमा मघीया सदा र श्रीमती कृतिका सदाले अटोमा हालेर शिवलाई कटारी अस्पताल पुर्‍याए । अवस्था गम्भीर भएपछि उनलाई कोशी अस्पताल रिफर गरियो। त्यहाँ पुगेपछि “अक्सिजन छैन, अन्यत्र लैजानुस्” भन्ने सुझाव आयो। त्यसैबीच एक एम्बुलेन्स चालकले “राम्रो उपचार हुन्छ” भन्दै परिवारलाई विश्वस्त पारेर विराटनगरस्थित निजी अस्पताल विराट निदान हस्पिटल एण्ड ट्रमा सेन्टर पुर्‍याए । 

Ncell
Extreme Energy

उपचार सुरु भयो, दुई दिनको उपचारपछि शिवको ज्यान जोगियो। परिवारले खुसीको सासफेरे, तर त्यो खुसी धेरैबेर टिक्न पाएन । 

अस्पतालले १ लाख ३० हजार रुपैयाँ तिर्नुपर्ने भन्दै बिरामीलाई डिस्चार्ज गर्न नमानेपछि, शिवको परिवार फेरि अर्को संघर्षमा धकेलियो।

गरिबीले थिचिएको यो परिवारका लागि त्यो रकम आकाशको तारा जस्तै भयो । कोशी अस्पतालमै औषधि किन्नु पर्दा आमा मघीयाले आफ्नो मोबाइल १५ सय रुपैयाँमा बन्दकी राखिन्। त्यतिले पनि पुगेन। सोमबार उनी गाउँमा पैसा खोज्न भन्दै विराटनगरबाट हिँडिन्, भाडा नभएपछि पैदलै। तर, तीन दिन बितिसक्दा पनि उनी घर पुगेकी छैनन्, न त कुनै सम्पर्क नै भएको छ।

विराटनगरदेखि करिब ३ सय किलोमिटर टाढा रहेको घरतर्फ पैदल हिँडेकी आमाको अवस्था के भयो ? यो प्रश्नले अहिले परिवारलाई झन् त्रसित बनाएको छ।

यता अस्पतालमा अर्कै तनाव छ। “पैसा हाल्नुस्, नभए बिरामीलाई जे पनि हुन सक्छ” भन्दै आफूलाई अस्पतालका कर्मचारी बताउने व्यक्तिले बारम्बार फोन गर्ने गरेको शिवकी सासु भीम सरिया सदाले बताइन् । गाउँबाट ऋण काढेर अहिलेसम्म २० हजार रुपैयाँ पठाइसकिएको छ, तर बाँकी रकम जुटाउने कुनै उपाय छैन।

“हामी जस्ता गरिब, दलितले के गर्ने? उपचार नगरे मर्ने, उपचार गरेपछि पैसा तिर्न नसके अस्पतालमै थुनिने ?” भीमसरियाले प्रशन गरिन् । 

परिवारको गुनासो छ, यदि सरकारी अस्पतालले समयमै र पर्याप्त उपचार गरेको भए निजी अस्पताल धाउनु पर्ने अवस्था आउने थिएन। “सरकारी अस्पतालले नै हेरेको भए आज यो दिन देख्नु पर्ने थिएन,” उनी भन्छिन्।

यो घटना केवल एउटा बिरामीको कथा होइन, यो नेपालको स्वास्थ्य प्रणालीमा गहिरिँदै गएको असमानता, पहुँचको अभाव र कमजोर नियमनको जिउँदो उदाहरण हो। संविधानले सुनिश्चित गरेको ‘स्वास्थ्य सेवा मौलिक हक’ कागजमै सीमित हुँदा, शिव सदा जस्ता नागरिकहरूले जीवन बचाए पनि सम्मानपूर्वक घर फर्किन नपाउने अवस्था भोगिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।
रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

भोटेकोशी बाढीमा परी उद्धार गरिएका घाइतेहरुको रसुवा, नुवाकोट र काठमाडौँका १४ अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।

भर्खरै