नेभिगेशन
समाज

बजेट अधिवेशनलाई फरक ढंगले अघि बढाउन काम गरिरहेको छुः सभामुख अर्याल

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको अन्तक्र्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको बिकाससंगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले देश र समाजको अपेक्षा र आवश्यकता अनुसार संसदलाई अघि बढाइने उल्लेख गरे । सभामुख अर्यालले विधेयक ड्राफ्ट गर्नुभन्दा अगाडी सरोकारवालासंगको छलफललाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । 

Ncell
Extreme Energy

उनले यसैपटकदेखि संसदको बजेट अधिवेशनलाई फरक ढंगले अघि बढाउन आफुले काम गरिरहेको जानकारी दिए ।  सभामुख अर्यालले संसदले विधि, प्रक्रिया, कानुन, संविधानलाई पालना गर्दै कमिकमजोरी नहुने गरि छिटोछरितो ढंगबाट काम गर्ने प्रक्रियालाई अवलम्वन गरिने धारणा राखे । 

उनले देशका हेरक नागरिकले आफ्नो सरकार भएको अपनत्व गर्ने गरि काम गर्नुपर्नेमा समेत जोड दिए । सभामुख अर्यालले नयाँ संसद भवनको निर्माण कार्य छिटै सम्पन्न हुने विश्वास व्यक्त गर्दै हाल समाचार संकलनका क्रममा देखिएका समस्याहरु हल गर्दै जाने प्रतिवद्धता जनाए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’