नेभिगेशन
समाज

काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बैशाख ५ गतेदेखि हरेक शनिबार काठमाडौँको प्राचीन असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम आयोजना गर्ने भएको छ ।

काठमाडौँ महानगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै असन क्षेत्रको मौलिकतालाई जोगाउन हरेक शनिबार जीवन्त र समृद्ध असन कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उदेश्यले प्रवर्धन कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौँ महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । 

Ncell
Extreme Energy

कमलाछी चोक, भोटाहिटी चोक र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम आयोजना हुने उनले बताए । 

प्रवर्धन कार्यक्रमको सुरुवातसंगै सो क्षेत्रमा हरेक शनिबार सवारीसाधन प्रवेशमा रोक लगाइने प्रवक्ता मानन्धरले जानकारी दिए । 

यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गरिने महानगरले जनाएको छ । यस कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्ने महानगरको विश्वास छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, उच्च सतर्कता अपनाउन आग्रह

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।
भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका बैतडी र दार्चुलामा यातायात सेवा बन्द गरिएको छ।
खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) मा रोकिएका सात विदेशी पर्यटकको...