नेभिगेशन
समाज

अनाधिकृत पत्र लेखेर रेशम चौधरीलाई पक्राउ गराउने महिमानसिंह विष्टलाई ६ महिना कैद र १० हजार जरिवाना

काठमाडौँ । सर्वोच्च अदालतमा कार्यरत रहँदा अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार उनलाई ६ महिना कैद सजाय तोकेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार उनलाई ६ महिना कैद सजाय तोकेको शाखा अधिकृत हेमन्त भट्टराईले जानकारी दिए।

Ncell
Extreme Energy

विष्ट चैत २२ गते दोषी ठहर भएका थिए । उनी सर्वोच्च अदालतमा शाखा अधिकृत पदमा कार्यरत थिए ।  गत वैशाख १७ उनले लेखेको पत्रका आधारका नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी पक्राउ परेका थिए । 

चौधरी पक्राउ परेको दिन नागरिक उन्मुक्ति पार्टी सिके राउत नेतृत्वको जनमत पार्टीको एकता घोषणा कार्यक्रम थियो । कार्यक्रम सुरु हुनुभन्दा ठिक अगाडी चौधरी पक्राउ परेपछि एकता नै तोडिएको थियो । यो विषयले राजनीतिक क्षेत्रमा ठूलै तरंग ल्याएको थियो । 

चौधरी पक्राउ परिसकेपछि सर्वोच्चबाट आएको पत्र अनाधिकृत रहेको प्रहरीले चाल पाएको थियो । त्यसपछि सर्वोच्च अदालत प्रशासनले  उक्त पत्र अनधिकृत भएको भन्दै महिमानसिंह विष्टमाथि अनुसन्धान गर्न माग गरेको थियो ।

त्यसपछि प्रहरीले विष्टलाई नियन्त्रणमा लिएर लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...