नेभिगेशन
समाज

लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरत बहादुर खड्का निर्विरोध निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । 

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्रै मनोनयन परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद मोहन आचार्य प्रस्तावक र सांसद जनकराज गिरीको समर्थनमा खड्काले बिहीबार समिति सभापति पदमा मनोनयन दर्ता गराएका थिए । 

Ncell
Extreme Energy

समितिको सभापतिमा निर्विरोध निर्वाचित भएपछि खड्काले देशमा आर्थिक अनुशासनको अनुभूति हुने गरि काम गर्ने बताए । 

उनले मुलुकको बिकासका लागि संघदेखि स्थानीय तहसम्म र विभिन्न निकायहरूमा आर्थिक अनुशासन वित्तीय सुशासन कायम राख्नुको बिकल्प नभएको धारणा राखे । नवनिर्वाचित सभापति खड्काले अख्तियार, सतर्कता केन्द्र र लेखा समितिलाई देखाएर ढिलासुस्ती गर्ने प्रवृति अव दोहरिन नदिने स्पष्ट पारे । 

उनले समितिको कार्यक्षेत्रभित्र पर्ने कामहरुलाई प्रभावकारी बनाउन सवै दलका सागै बिज्ञहरुसंग पनि रायसल्लाह लिएर अघि बढ्ने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’