नेभिगेशन
समाज

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल निर्विरोध निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका हरि ढकाल निर्विरोध निर्वाचित भएका छन् । 

सभापतिमा ढकालको मात्र मनोनयन दर्ता भएपछि सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । यसअघि ढकालले बिहीबार सांसद पुरुषोतम शुप्रभात यादवको प्रस्ताव र सांसद श्रद्धा कुँवरको समर्थकमा सभापतिमा मनोनयन दर्ता गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको सभापतिमा निर्विरोध निर्वाचित भएपछि ढकालले समितिमा दलभन्दा बाहिर रहेर प्रभावकारी ढंगले काम गर्ने बताए । बिभिन्न कारणले यसअघि समितिहरुले काम गर्न नसक्ने अवस्थाको अव अन्त्य हुने उनले बताए । उनले अहिलेको स्थीर सरकारलाई सघाउदै र स्थीरतालाई कायम राख्न समितिको भूमिका महत्वपूर्ण हुने धारणा राखे । 

Ncell
Extreme Energy

नवनिर्वाचित सभापति ढकालले समितिमा प्राप्त भएका उजुरीहरुलाई पनि प्राथमिकताका आधारमा अध्ययन गरि अघि बढाइने र महत्वपूर्ण विधेयकहरुमाथिको छलफललाई पनि प्रभावकारी बनाइने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’