नेभिगेशन
समाज

नेपाली कांग्रेसको आधिकारिता विवादमा आदेश गर्दै सर्वोच्च

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिता सम्बन्धी मुद्दामा शुक्रबार साँझ बहस सकिएसँगै न्यायाधीशहरु आदेश लेख्न थालेका छन् । अब आजै साँझ आदेश आउने भएको छ । 


सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुई दिन बहस चलेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


शुक्रबार कांग्रेस सभापति गगन थापाको पक्षबाट कानुन व्यवसायीले बहस गरेका थिए। त्यसपपछि रिट निवेदक कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए । 

Ncell
Extreme Energy

देउपा पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएपछि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पनि इजलासमा केहि बेर बोलेका थिए । 

यसअघि बिहीबार देउवा पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। बिहीबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेर आज बिहान बहस सुरु गरिएको हो। 

गत पुसमा विशेष महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो। त्यसलाई निर्वाचन आयोगले मान्यता दिएपपछि निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’