नेभिगेशन
समाज

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न जनकपुरधाम उपमहानगरपालिकाको निर्देशन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शुल्क निर्धारणसहित अन्य सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्न लिखित सूचना जारी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाद्वारा आज जारी सूचनामा उपमहानगरभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शैक्षिक तथा प्रशासनिक तथा शैक्षिकसत्र २०८३ का लागि लागू गरिने सम्पूर्ण शुल्क विवरण् सहित आवश्यक कागजात सात दिनभित्र पेस गर्न निर्देशन जारी गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो पालिकाको नगर शिक्षा समितिको गत चैत ३० गते बसेको बैठकले गरेको निर्णयअनुसार सो निर्देशन गरिएको विज्ञप्तिमा जनाइएको छ । विद्यालय वर्गीकरण गर्दा संस्थागत विद्यालय मापदण्ड निर्देशिका, २०६१ तथा विद्यालय वर्गीकरण एवम् शुल्क निर्धारण कार्यविधि, २०८१ अनुसार कुन वर्गमा विद्यालय पर्छ भन्ने स्पष्ट आधार खुलाउनुपर्ने सूचनामा उल्लेख छ ।

Ncell
Extreme Energy

त्यस्तै, कक्षा १ देखि १२ सम्म अध्ययन, अध्यापन गराइने पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सिकाइ सामग्रीको विस्तृत सूची पनि पब्लिकेसनका नाममा ठेगानासहित बुझाउनुपर्ने शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अञ्जु पाण्डेले बताए  । 

सूचनामार्फत विद्यालयमा हुने अनियमितता रोक्न शुल्क व्यवस्थापन र शैक्षिक सामग्रीमा पादर्शिता कायम गर्न सो सूचना जारी भएको उनले जानकारी दिए । सूचना प्रकाशन भएको मितिले सात दिनभित्र विवरण पेस नगर्ने विद्यालयलाई कारबाही गरिने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै