नेभिगेशन
समाज

वीरगंजमा बिहानै घरटहरा भत्काउन सुरु

काठमाडौँ । डिभिजन सडक कार्यालय हेटौँडाले बिहानै देखि वीरगंज क्षेत्रको अतिक्रिमित घरटहरा भत्काउन सुरु गरेको छ । 
अदालतको फैसलापछि पनि सडक अतिक्रमित घरटहरा भत्काउन रोकिएको अवस्थामा सडक डिभिजनले वीरगंज महानगर, सशस्त्र, प्रहरीको मदतमा घर टहरा भत्काउन सुरु गरेको हो । 


वीरगंजका पाँच ठाउँमा बिहान ४ः३० बजेबाट भत्काउन सुरु गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वीरगंजको गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर र मकालु होटल चोक गरी ५ ठाउँबाट एकै साथ १० वटा डोजर लगाई सडक फराकिलो गर्ने काम सुरु गरिएको हो ।

Ncell
Extreme Energy

घर टहरा भत्काउन २ हजार २ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । 

सर्वोच्चको फैसलापछि बाटो खुल्यो 

वीरगंज मेनरोड विस्तारविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले २०८१ फागुन २८ गते सरकारको पक्षमा फैसला सुनाएपछि लामो समयदेखि रोकिएको परियोजना अघि बढ्ने बाटो खुलेको हो । न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्माको संयुक्त इजलासले विपक्षीहरूको रिट खारेज गर्दै सडक विस्तारका लागि कानुनी अड्चन हटाएको थियो ।

यसअघि करिब १,२०० घरधनीले २०७६ कार्तिक ७ गते सडक विभागको निर्णयविरुद्ध रिट दायर गरेका थिए । उनीहरूले मुआब्जाको माग, वैकल्पिक सडकको उपलब्धता तथा त्रिभुवन राजपथको एलाइन्मेन्ट परिवर्तनको विषय उठाएका थिए। तर सर्वोच्चको अन्तिम निर्णयसँगै १३ वर्षदेखिको विवाद टुंगिएको हो । 

पुरानो प्रयास, पटक–पटक सूचना यसपटक भने सडक फराकिलो 

सडक विस्तारको प्रक्रिया पहिलो पटक २०६९ साल मै सुरु भएको थियो । त्यसयता सडक विभाग तथा मातहतका कार्यालयहरूले विभिन्न मितिमा १५ दिने सूचना जारी गर्दै सडक क्षेत्रमा पर्ने संरचना हटाउन आग्रह गर्दै आएका थिए । २०७५ र २०७६ सालमा समेत परियोजना अघि बढाउने प्रयास भए पनि मुद्दा र विरोधका कारण काम अगाडि बढ्न सकेको थिएन् । 

सडक विस्तारसँगै प्रभावित घरधनी र व्यवसायीहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिएको छ । कतिपय स्थानीयले उचित मुआब्जा र पुनर्वासको माग उठाउँदै आएका छन् । यस विषयमा सम्बन्धित निकायहरूले कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्, तर स्पष्ट मुआब्जा ढाँचा सार्वजनिक भइनसकेको गुनासो स्थानीयले गर्दै अ‌ाएकाे छ । 

वीरगंज नेपालको प्रमुख व्यापारिक नाका भएकाले मेनरोड विस्तारले यातायात व्यवस्थापन, व्यापारिक गतिविधि र शहरी विकासमा ठूलो प्रभाव पार्ने यहाँका स्थानीयले अपेक्षा  गरेको छ । विशेषगरी आयात–निर्यात सहज हुने, ट्राफिक जाम घट्ने र शहरको संरचनात्मक सुधार हुने विश्वास यहाँका नागरिकले गरेको छ ।

स्थानीय प्रशासनले सडक विस्तारका क्रममा शान्ति सुरक्षा कडा पार्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।