नेभिगेशन
समाज

सभापतिको निर्देशनमा रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ।  पार्टी सभापति रवि लामिछानेको निर्देशनाअनुसार सोमबार बस्ने गरी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार २०८३ बैशाख ७ गते अर्थात भोलि दिउँसो ३ बजे पार्टीका कार्यालय बनस्थिलीमा बैठक बस्नेछ ।  

त्यस्तै रास्वपा सभापति रवि लामिछानेले आज दिउँसो साढे ३ बजे सचिवालय बैठक पनि आह्वान गरेका छन् ।  बैठकमा पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित विभिन्न एजेण्डामाथि छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रस्तावित कार्यसूचीअनुसार जिल्ला अधिवेशन कार्यविधि–२०८३, बैंक खाता सञ्चालन सम्बन्धी विषय, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनलगायतका विषय समेटिएका छन् ।

Ncell
Extreme Energy

त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषय पनि बैठकको महत्वपूर्ण एजेण्डामा राखिएको छ । पार्टीले विज्ञहरू तथा परियोजना प्रस्तावका लागि आह्वान गर्ने विषयसमेत छलफलमा समावेश गरिएको छ ।

बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी निर्धारण, केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी सम्बन्धी विषयमा पनि निर्णय हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा भन्सारबाट विद्युतीय सवारी आयात गर्दा कैफियत गर्ने १३ जना कर्मचारी निलम्बित, साइमेक्स इन्ङ्कसहित १ दर्जन कम्पनीलाई कारबाही सिफारिस

रसुवा भन्सारबाट विद्युतीय सवारी आयात गर्दा कैफियत गर्ने १३ जना कर्मचारी निलम्बित, साइमेक्स इन्ङ्कसहित १ दर्जन कम्पनीलाई कारबाही सिफारिस

सो कार्यमा संलग्न विद्युतीय सवारीसाधन पैठारीकर्ताहरू लक्ष्मी ई माेबिलिटी (Laxmi E-mobility Pvt. Ltd. Kathmandu), साइमेक्स इन्ङ्क(Cimex Inc.Pvt.Ltd.Kathmandu), सिजि माेटर्स (C.G. Motors Pvt. Ltd. Lalitpur) पुजा इन्टरनेसनल(Puja International Nepal...
उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको इजलासले थुनामा पठाउन आदेश दिएको हो ।
काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो। यससँगै हालसम्म कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी गरी चार स्थानीय तहबाट स्थानीय स्तरमै...
रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

सो पार्टीका सभापति रवि लामिछाने तीनपटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित हुँदै आएका छन्। पार्टीका संस्थापक सभापति लामिछानेको चितवन गृहजिल्ला भने होइन । तर निर्वाचनका हिसाबले सभापति...