नेभिगेशन
समाज

सडक विस्तारले वीरगञ्जको मुख्य बजार क्षेत्रमा विद्युत् अवरुद्ध

काठमाडौँ । औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

सडक डिभिजन हेटौँडाले आज बिहानदेखि वीरगञ्जको मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा डोजररएक्साभेटर लगाएर भत्काउन थालेपछि यहाँको विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि दैनिक काममा समस्या हुनुका साथै जनजीवन प्रभावित भएको छ । वीरगञ्जको गण्डकचोकबाट मितेरीपुलसम्मको क्षेत्रमा बिहान ५ः०० देखि दिउँसो ४ः३० बजेसम्म विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको छ ।

Marvel
Extreme Energy

विद्युत् र इन्टरनेट सेवा कति बेला आउने अनिश्चितता कायमै रहेको स्थानीय बताउँछन् । वीरगञ्ज महानगर-६ का स्थानीय व्यापारी परशुराम कलवारले सडक विस्तारका क्रममा विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको बताए।

“आज बिहानैदेखि विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा जनजीवन प्रभावित भएको छ”, उनले भने, “स्थानीय प्रशासनले आवश्यक तयारीबिना सडक विस्तार गर्दा गर्मीयाममा सर्वसाधारण प्रभावित भएका छन् । बिजुली नहुँदा मोटर नचल्दा बोरिङबाट पानी निकाल्न नपाउँदा शौचालय जाने पानीको अभाव भएको छ ।”

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख विजय महतोले मितेरीपुलबाट गण्डक नहर सडक विस्तार गर्ने क्रममा विद्युत्को नियमित आपूर्ति प्रभावित हुने बताए ।

“आजदेखि वैशाख ८ गतेसम्म विद्युत् सप्लाई अनियमित हुन सक्ने देखिन्छ”, उनले भने, “काबुबाहिरको मर्मत सुधार कार्यहरु बढी समय लाग्ने देखिने हुँदा बिहानैदेखि मर्मतसम्भार कार्य जारी रहेको छ ।” उनले विद्युत् सेवा प्रभावित हुने भएकाले आवश्यक धैर्यता अपनाउन पनि आह्वान गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...