नेभिगेशन
समाज

रास्वपा सचिवालय बैठकः केन्द्रीय समिति बैठकको ‘एजेन्डा’ तय, वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । 

बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची सोमबार बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने रास्वपाको तयारी छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको छ । यसअघि प्रभाव विभाग प्रमुखको जिम्मेवारीमा उपसभापति डिपी अर्याल रहेका थिए । अर्याल सभामुखमा निर्वाचित भएपछि उहाँ पार्टीको जिम्मेवारीबाट अलग भएका छन् । उनी सभामुखका निर्वाचित भएसँगै सो पद रिक्त थियो ।

Ncell
Extreme Energy

सचिवालयले केन्द्रीय समिति बैठकको ‘एजेन्डा’ तय गरेको छ । पार्टी प्रवक्ता झाका अनुसार केन्द्रीय समिति बैठकको प्रारम्भमा पार्टी गतिविधिबारे ‘ब्रिफिङ’ हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरुको रिपोर्टिङ हुनेछ । केन्द्रीय सदस्यलाई दुई मिनेटका दरले समय छुट्याइएको छ । बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनका विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए।

आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार क्लब गठन र आवेदन आह्वान, प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकारलगायत विषयमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गुण्डु घटनाबारे महेशको प्रष्टीकरण– जेएन बोल्दाबोल्दै गला अवरूद्ध भएको हो, ढलेको होइन

गुण्डु घटनाबारे महेशको प्रष्टीकरण– जेएन बोल्दाबोल्दै गला अवरूद्ध भएको हो, ढलेको होइन

नेकपा एमालेका सचिव महेश बस्नेतले बागमती संसदीय दल नेता जगन्नाथ थपलिया ढलेकोबारे प्रष्टीकरण दिएका छन् ।
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
हानेपा सरकारमा, बागमतीमा सत्ता समीकरण थप पेचिलो

हानेपा सरकारमा, बागमतीमा सत्ता समीकरण थप पेचिलो

हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् ।
सभामुखसँग ईयू राजदूत लोरेन्जोको बिदाइ भेट

सभामुखसँग ईयू राजदूत लोरेन्जोको बिदाइ भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले बिदाइ भेट गरेकी छन् ।