नेभिगेशन
समाज

कांग्रेसमा एकता कायम गर्न पहल नगरे विभाजन हुनसक्ने देउवा पक्षको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र एकता कायम गर्न पहल नगरे विभाजन हुनसक्ने चेतावनी दिएको छ । 

आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको बैठकले पार्टी विवादबारे सर्वोच्चको आदेशपछि एकताका लागि पहल गर्ने जिम्मेवारी सभापति गगन थापाको रहेको निस्कर्ष निकाल्दै एकताको पहल नभए पार्टी विभाजन हुनसक्ने चेतावनी दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले गगन थापाको कार्यसमितिले एकताका लागि पहल गर्न ढिलाई गरे गम्भीर क्षति पुग्न सक्ने निष्कर्ष निकालिएको बताए । अदालतको आदेश आफैँमा विरोधाभासपूर्ण र बिगतका नजीरको विरुद्धमा रहेपनि आफुहरुले त्यसलाई मान्ने उनको भनाइ छ । 

Ncell
Extreme Energy

उनले इतिहासदेखि अहिलेसम्मको बलियो लोकतान्त्रिक पार्टी कमजोर बन्न पुगेकाले पार्टीमा बृहत् एकताको खाँचो रहेको उल्लेख गरे । विश्वकर्माले आगामी दिनमा चरणबद्ध रुपमा जिल्ला प्रदेश हुँदै बृहत् राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय भएको जानकारी दिए । तत्कालिन सभापति देउवा र वर्तमान सभापति गगन थापाको कार्यसमितिले महाधिवेशनको दुईवटा कार्यतालिका बनाएको अवस्थामा त्यसलाई समायोजन गरेर एउटै कार्यतालिका बनाउने स्थीति बने पार्टी एकता भएको मानिने उनले बताए । फरक–फरक रुपमा महाधिवेशन गर्ने अवस्था आए पार्टी बिभाजन हुने उनको भनाइ छ । 

विश्वकर्माले पार्टी एकताका लागि आफुहरु गम्भीर भएपनि त्यसको महशुस सानेपाले पनि गर्नुपर्नेमा जोड दिए । छिटै निर्वमान पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश सभापतिहरुको बृहत बैठक बसेर समिक्षामार्फत आगामी रणनीति तय गरिने समेत उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा भन्सारबाट विद्युतीय सवारी आयात गर्दा कैफियत गर्ने १३ जना कर्मचारी निलम्बित, साइमेक्स इन्ङ्कसहित १ दर्जन कम्पनीलाई कारबाही सिफारिस

रसुवा भन्सारबाट विद्युतीय सवारी आयात गर्दा कैफियत गर्ने १३ जना कर्मचारी निलम्बित, साइमेक्स इन्ङ्कसहित १ दर्जन कम्पनीलाई कारबाही सिफारिस

सो कार्यमा संलग्न विद्युतीय सवारीसाधन पैठारीकर्ताहरू लक्ष्मी ई माेबिलिटी (Laxmi E-mobility Pvt. Ltd. Kathmandu), साइमेक्स इन्ङ्क(Cimex Inc.Pvt.Ltd.Kathmandu), सिजि माेटर्स (C.G. Motors Pvt. Ltd. Lalitpur) पुजा इन्टरनेसनल(Puja International Nepal...
उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको इजलासले थुनामा पठाउन आदेश दिएको हो ।
काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो। यससँगै हालसम्म कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी गरी चार स्थानीय तहबाट स्थानीय स्तरमै...
रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

सो पार्टीका सभापति रवि लामिछाने तीनपटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित हुँदै आएका छन्। पार्टीका संस्थापक सभापति लामिछानेको चितवन गृहजिल्ला भने होइन । तर निर्वाचनका हिसाबले सभापति...