नेभिगेशन
समाज

अमेरिकी सहायक विदेशमन्त्री कपुरलाई दूतावासले गर्‍यो स्वागत

काठमाडौँ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरलाई काठमाडौंस्थित अमेरिकी दूतावासले स्वागत गरेको छ। आज बिहान काठमाडौँ आइपुगेका उनलाई नेपालस्थित अमेरिकी दूतावासमा कार्यबाहक राजदूत स्कट अरबमले स्वागत गरेका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हामी दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुरलाई नेपालमा न्यानो स्वागत गर्दछौँ,’ सहायक विदेशमन्त्री कपुरलाई स्वागत गरेको फोटो पोष्ट गर्दै दूतावासले भनेको छ, ‘उहाँले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यवसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्नुहुनेछ।’

Ncell
Extreme Energy


सहायक विदेशमन्त्री कपुर बालेन शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्।

नेपाल भ्रमणकै लागि मात्र भनेर उनी अमेरिका बाहिर निस्केका हुन्। अमेरिकी विदेशमन्त्री तथा उच्च अधिकारीहरु प्रायः भारत, पाकिस्तान, बंगलादेश वा अन्य दक्षिण, दक्षिण पूर्वी एशियाका देशको भ्रमण क्रममा काठमाडौँ आउने गर्थे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हानेपा सरकारमा, बागमतीमा सत्ता समीकरण थप पेचिलो

हानेपा सरकारमा, बागमतीमा सत्ता समीकरण थप पेचिलो

हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् ।
सभामुखसँग ईयू राजदूत लोरेन्जोको बिदाइ भेट

सभामुखसँग ईयू राजदूत लोरेन्जोको बिदाइ भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले बिदाइ भेट गरेकी छन् ।
संसदमा अमरेशको प्रश्नः मधेशमा आन्दोलन हुनासाथ किन गोली चल्छ ?

संसदमा अमरेशको प्रश्नः मधेशमा आन्दोलन हुनासाथ किन गोली चल्छ ?

उनले मधेशलाई पछि पार्ने, गरिब बनाउने र गोली चलाइहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै भने, ‘सरकारसँग आग्रह गर्न चाहन्छु, टियरग्यास र लाठिको व्यवस्था गरोस् । मधेशलाई पछाडि पार्ने,...
सुदूरपश्चिमका सांसदहरुसँग बालेनले भने– सरकारको काम संसदमार्फत जनतालाई जानकारी गराउँछु

सुदूरपश्चिमका सांसदहरुसँग बालेनले भने– सरकारको काम संसदमार्फत जनतालाई जानकारी गराउँछु

प्रधानमन्त्री बालेन शाहले सरकारले कामबारे सदनमार्फत जनतालाई गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।