नेभिगेशन
समाज

संसदको नयाँ नियमावली तयार

काठमाडौँ ।  प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसदको नयाँ नियमावली तयार गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको समितिले बैठकले कार्यअवधिको १३ औं दिनमा मस्यौदाका सबै कुराहरू टुङ्गो लगाएर नयाँ नियमावली तयार गरेको मस्यौदा समितिका सभापति गणेश पराजुलीले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नियमावली मस्यौदाका शुद्धाशुद्धि र केही क्रमहरू मिलाउने काम मात्रै बाँकी रहेकाले मंगलबार त्यसलाई मिलाएर सभामुलाई बुझाइने उनले बताए । 

Ncell
Extreme Energy

कार्यपालिका र व्यवस्थापिका बीचमा भएका मतभिन्नताहरूलाई न्यूनिकरण गर्ने र जवाफदेहिता खोज्ने कामलाई नयाँ नियमावलीमा जोड दिइएको पराजुलीले जानकारी दिए । 

उनले संसदीय समितिहरुले कार्यपालिकालाई निर्देशन दिँदै गर्दा त्यसको जवाफदेहिता खोज्नका लागि समयसीमा तोकेर तीस दिनभित्र आफूले दिएको निर्देशनअनुसार कामकारबाही अगाडि बढेको छ कि छैन भनेको प्रगति विवरण माग्ने गरी बुँदा राखिएको बताए ।

 त्यस्तै व्यवस्थापिकाले दिएका सबै निर्देशनको संशोधन वा पुनर्मूल्याङ्कनको लागि तीस दिनभित्रै जानकारी गराउनुपर्ने व्यवस्था पनि समावेश गरिएको जानकारी दिए । 

त्यस्तै विधेयक निर्माणका क्रममा हुने गरेको ढिलाईलाई अन्त्य गर्न समयसीमा तोकेर प्रक्रिया अघि बढाउने बिषयलाई पनि प्राथमिकता दिइएको समिति सभापति पराजुलीले बताए । 
 मस्यौदा समितिलाई दिइएको १४ दिने समयसीमा मंगलबार नै सकिदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’