नेभिगेशन
समाज

वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

काठमाडौँ । वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।

Ncell
Extreme Energy

वर्षा हुनुअघि नेपालले १८ ओभर ५ बलको खेल सकिँदा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

नेपाल र युएई दुवै टोली भारत र श्रीलङ्कामा सम्पन्न आइसीसी ट्वान्टी–२० विश्वकप खेलेर आएका हुन् ।

युएई र नेपाल दुवै ट्वान्टी २० विश्वकपमा समूह चरणबाट बाहिरिएका थिए । ‘हेड टु हेड’मा नेपाल र युएई हालसम्म टि ट्वान्टीमा ११ पटक आमनेसामने भएका छन् ।

जसमा  नेपालले ६ पटक जितेको छ भने युएई पाँच खेलमा विजयी भएको छ ।

नेपालको प्लेइङ–११ मा  कुशल भुर्तेल, अर्जुन साउद (विकेटकिपर), सुन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, बासिर अहमद, गुलशन कुमार झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने र हेमन्त धामी छ्न । 

युएईको प्लेइङ ११ मा कप्तान मुहम्मद वसीम, अदीब उस्मानी, (विकेटकिपर) अलीशान शरफु, हरप्रीत भाटिया, सोहैब खान, अक्षदिप नाथ, मुहम्मद अरफान, खुजैमा बिन तन्भीर, मुहम्मद जुहैब, हैदर अली र जुनैद सिद्दिकी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।