नेभिगेशन
समाज

उदयपुरमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काका घरमा आज विहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्र्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार आगलागीबाट लक्ष्मीनाराणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । 

Ncell
Extreme Energy

यसैबिच, उदयपुको बेलका नगरपालिका–३ सातपत्रेमा गए राति जन्ती बोकेको बसले मोटरसाइकलमा ठक्कर दिँदा घटनास्थलमा नै एक युवकको मृत्यु भएको छ । मृत्यु हुने युवा बेलका–३ सातपत्रेका २७ वर्षीय रोमन बस्नेत रहेका छन् ।

प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सातपत्रेबाट रामपुर बजारतिर जाँदै गरेको बस्नेतलाई सातपत्रे नजिकै चौदण्डी गढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले ठक्कर दिँदा बस्नेतको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’