नेभिगेशन
समाज

एमालेको प्रचार सामाग्रीबाट केपी ओली आउट

'२ वर्ष अघि आफ्नो फोटो मात्रै प्रचार गर्न गरेका थिए सर्कुलर'

काठमाडौँ । नेकपा एमालेका प्रचार सामाग्रीबाट अध्यक्ष केपी शर्मा ओली आउट भएका छन् । 

पछिल्लो समय एमालेले आफ्नो प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राख्न छाडेको हो । निर्वाचनमा समेत एमालेका उम्मेदवारहरूले आफ्नो प्रचार सामाग्रीमा अध्यक्ष ओलीको तस्बिर राखेका थिएनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै एमालेले भोलि(बुधवार) कम्युनिस्टको पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रमको प्रचार सामाग्रीमा पनि अध्यक्ष ओली गायब छन् । 

Ncell
Extreme Energy

एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको स्थापना दिवसको प्रचार सामग्रीमा ओलीको तस्बिर देखिएको छैन । 

पोखरेलले सार्वजनिक गरेको प्रचार सामग्रीमा कम्युनिस्ट पार्टीका संस्थापक सदस्यसँगै एमालेका पूर्व महासचिव मदन भण्डारी र पूर्व अध्यक्ष मनमोहन अधिकारीको मात्र तस्बिर छ। एमालेले यसअघिका सबैजसो प्रचार सामग्रीमा अध्यक्ष ओलीको तस्बिर राख्ने गरेको थियो। 

एमाले सचिवालय बैठकले २ वर्षअघि सार्वजनिक कार्यक्रम सम्बन्धी ५ बुँदे मापदण्ड जारी पार्दै सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य कसैको पनि फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो।

कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन भन्दै एमालेले पार्टी र जनसङ्गठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्यको फोटो प्रयोग नगर्न एमालेले त्यति बेला आन्तरिक सर्कुलर नै गरेको थियो। 

तर भदौ २३÷२४ को जेनजी आन्दोलनपछि सत्ताबाट अपदस्त भएका ओलीलाई अहिले एमालेकै प्रचार सामाग्रीमा राख्न छाडेको हो । 

पछिल्लो समय एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलेको छ । केही एमाले नेता तथा कार्यकर्ताले नेतृत्व परिवर्तनका लागि हस्ताक्षर अभियान नै चलाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनी प्रदेशमा सरकार गठन तथा विकास निर्माणका काममा सहकार्य गर्न नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच सहमति भएको छ ।
जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

टिल प्रसूति समस्यामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार गरिएको छ ।
ओखलढुङ्गामा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो

ओखलढुङ्गामा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो

सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कमा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरोका कारण पाँच घरपरिवार उच्च जोखिममा परेका छन् ।
बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।