नेभिगेशन
विदेशका कुरा

न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनलाई पार्टीको पुनः समर्थन

लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अन्ततः नेतृत्व जोगाउन सफल भएका छन्।

मङ्गलबार भएको आन्तरिक मतदानले उनी अझै पार्टीको विश्वासमा रहेको सन्देश दिएको छ, यद्यपि राजनीतिक चुनौती भने कायम देखिएको छ । केन्द्र–दक्षिणपन्थी नेसनल पार्टीका नेता लक्सनले नोभेम्बरमा हुने आम चुनावअघि पार्टीको कमजोर जनमत सर्वेक्षणका कारण नेतृत्वमाथि प्रश्न उठेपछि विश्वासको प्रस्ताव अघि सारेका थिए । करिब तीन घण्टा चलेको ककस बैठकपछि उनले आफूले प्रस्तावित विश्वास मत पारित भएको जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“मैले मेरो नेतृत्वप्रति विश्वासको औपचारिक प्रस्ताव पेस गरेको थिएँ”, उनले भने, “त्यो प्रस्ताव पारित भएको छ र यसले मलाई नेताका रूपमा मेरो ककसको समर्थन रहेको पुष्टि गरेको छ ।” यद्यपि, उनले कति मतले जित हासिल गरे भन्ने खुलाएनन् । मतदान प्रक्रिया गोप्य राखिएको थियो र अन्तिम मत परिणाम स्वयं उनलाई पनि सार्वजनिक नगरिएको बताइएको छ । बैठकमा सहभागी सांसदहरूले मात्र मतदान गर्न पाएका थिए भने खराब मौसमका कारण वेलिङ्गटनतर्फका धेरै उडान रद्द हुँदा केही सदस्यहरू उपस्थित हुन सकेनन् ।

Marvel
Extreme Energy

पछिल्ला महिनाहरूमा लक्सनको नेतृत्वबारे प्रश्नहरू बढिरहेका थिए । जनमत सर्वेक्षणमा उनको पार्टी ३० प्रतिशतभन्दा तल झरेको छ भने उनको व्यक्तिगत लोकप्रियता पनि घट्दो क्रममा देखिएको छ । यसै सन्दर्भमा केही सांसदहरू असन्तुष्ट रहेको र आगामी निर्वाचनमा पुनः निर्वाचित हुने सम्भावना कमजोर भएको चर्चा चलेको थियो ।

यस्ता अड्कलबाजीलाई लक्सनले ‘मिडिया सोप ओपेरा’ भन्दै अस्वीकार गरेका थिए । उनले अनुमान र हल्लामा आफू संलग्न नहुने स्पष्ट पार्दै अब पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनेमा जोड दिएका थिए । यातायातमन्त्री क्रिस बिशपले पनि नेतृत्व परिवर्तनको सम्भावनाबारे उठेका चर्चाहरूलाई खारेज गर्दै अन्ततः लक्सनलाई समर्थन गरेको बताए । उनका अनुसार पार्टीभित्र ‘राम्रो, इमानदार र बलियो’ छलफलपछि सबैजना एकजुट भएर अघि बढ्ने सहमति बनेको हो ।

अर्थमन्त्री तथा उपनेता निकोला विलिसले यो मतदानले ककसबाट स्पष्ट सन्देश गएको बताए । यद्यपि उनले पनि मत परिणामबारे जानकारी नभएको स्वीकार गरे । तर गठबन्धन सरकारका साझेदार तथा विदेशमन्त्री विन्स्टन पिटर्सले भने यस्तो विश्वास मतलाई ‘अहंकारी फोहोर’ को संज्ञा दिँदै आलोचना गरेका छन्। यस घटनाले लक्सन तत्कालका लागि नेतृत्व सुरक्षित गर्न सफल भए पनि कमजोर जनसमर्थन र आन्तरिक दबाबका कारण आगामी चुनावअघि उनका लागि राजनीतिक परीक्षा अझै बाँकी रहेको सङ्केत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, यस्तो छ अवरोधको कारण

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, यस्तो छ अवरोधको कारण

यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिए । यद्यपि उडान सेवा पूर्ण रूपमा सामान्य हुन केही समय लाग्ने...
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...