नेभिगेशन
समाज

मन्त्रालयबाट पास लिएर प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघका नेता पक्राउ

काठमाडौँ । प्रधानमन्त्री कार्यालयको मूल गेट अगाडि नारबाजी गर्ने नेवि संघका नेता कार्यकर्ताहरु पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा नेवि संघ केन्द्रिय सदस्य भुवन भट्ट, ने वि संघ सीटीइभीटी अध्यक्ष कुम्भ देउवा, उपाध्यक्ष मन्जन देवकोटा र ने वि संघ केन्द्रीय सदस्य नवीन विष्ट रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको मुल गेटमा नालायक गृहमन्त्री राजीनामा दे, चर्को मूल्यवृद्धि नियन्त्रण गर, १०० रुपैंयाँको समानमा भन्सार लगाउने नीति खारेज गर, प्रधानमन्त्री ज्यू आफ्नै क्याबिनेटका गृहमन्त्री बिचौलिया संगको साँठगाँठ छरपस्ट हुँदा किन मौन, खोई सुशासन लगायतका नारा लगाएका थिए । 

Ncell
Extreme Energy

निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेको आरोपमा उनीहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो । उनीहरुलाई त्यहाँबाट पक्राउ गरी प्रहरी बृत्त सिंहदरबार लगिएको छ । 

उनीहरु पास लिएकै सिंहदरबार प्रवेश गरेको पाइएको छ । ३ जनाले पर्यटन मन्त्रालयबाट र १ जनाले नागरिक एप मार्फत पास लिएको खुलेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवीन्द्रको परिवारलाई भेट्न टिचिङ पुगे गृहमन्त्री (तस्बिर)

रवीन्द्रको परिवारलाई भेट्न टिचिङ पुगे गृहमन्त्री (तस्बिर)

यसअघि मृत्यु भएका तीन जनाको परिवारसँग सरकारले सहिद घोषणा, आर्थिक सहायता, परिवारका सदस्यलाई रोजगारीको व्यवस्थालगायत बुँदामा सम्झौता गरेको छ । रवीन्द्रका परिवार र आफन्तले पनि सरकारसँग उस्तै सम्झौता...
बालेन र सेनाबीचको सम्बन्ध चिसिएको हो ?

बालेन र सेनाबीचको सम्बन्ध चिसिएको हो ?

पर्खाल जसरी भत्काइयो त्यसले भने सरकार र सेनाका बीचमा नयाँ पर्खाल ठडियो ।
रास्वपा सांसदले सदन  ‘बंक’ हानेपछि सचेतकको यस्तो ह्विप

रास्वपा सांसदले सदन  ‘बंक’ हानेपछि सचेतकको यस्तो ह्विप

प्रतिनिधि सभामा खाली कुर्सी देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक प्रकाशचन्द्र परियारले ह्विप जारी गर्दै सदनभित्र प्रवेश गर्न भनेका छन् ।
मन्त्रालयले देशकेन्द्रित कूटनीतिक रणनीति बनाउँदै छ– परराष्ट्रमन्त्री खनाल

मन्त्रालयले देशकेन्द्रित कूटनीतिक रणनीति बनाउँदै छ– परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले देश–केन्द्रित रणनीतिक कार्ययोजना निर्माणको काम अघि बढाइरहेको बताएका छन् ।