नेभिगेशन
समाज
मन्त्रिपरिषद् बैठकका निर्णय

धितोपत्र बोर्ड अध्यक्ष छान्न समिति, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा आचार्य

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेको तीन सदस्यीय समिति सिफारिस समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा प्युठानका डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ । त्यस्तै, धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई सदस्य नियुक्त गरेको छ ।

Ncell
Extreme Energy

बैठकले नेपाल विशेष सेवा ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको पनि मन्त्री तिमल्सिनाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनी प्रदेशमा सरकार गठन तथा विकास निर्माणका काममा सहकार्य गर्न नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच सहमति भएको छ ।
जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

टिल प्रसूति समस्यामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार गरिएको छ ।
ओखलढुङ्गामा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो

ओखलढुङ्गामा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो

सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कमा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरोका कारण पाँच घरपरिवार उच्च जोखिममा परेका छन् ।
बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।