नेभिगेशन
समाज

वडा कार्यालय पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्ने

राँझा। बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी क्षेत्रका वस्तीबाट वडा कार्यालय पुग्न करिब २४ किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको छ ।

भारतीय सीमावर्ती क्षेत्रमा अवस्थित बासखली, चुनभट्टी, खैरभट्टी, कुन्टेपानी, महेशपुर, गुर्दनगौडी, जुरुवा र तल्लो बासखली लगायतका क्षेत्रबाट वडा कार्यालय राप्तीसोनारी–४ बैजापुर पुग्न कम्तीमा चार घण्टा लाग्ने बैजापुरका स्थानीय अगुवा तुलसीराम थारुले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“सडक नहुँदा वडा कार्यालयमा सेवा लिन चार घण्टा हिँडेर पुग्नुपर्ने बाध्यता रहेको छ”, थारुले भने, “यहाँका जनताले स्थानीय सरकारको अनुभूतिसम्म गर्न नपाएकाले अब सहज सेवा सुविधाको लागि छुट्टै वडा कायम गर्नुपर्दछ ।”

Marvel
Extreme Energy

उनका अनुसार, राप्तीसोनारी गाउँपालिकाको दुर्गम क्षेत्रका रूपमा चिनिने गुर्दनगौडी र खयरभट्टी क्षेत्रका जनताको अवस्था निकै कष्टकर छ । यस क्षेत्रका जनताले अझै पनि आधारभूत सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ । वडा कार्यालयबाट खयरभट्टीसम्म करिब १४ किलोमिटर दूरी भए पनि भारतीय सीमा क्षेत्रमा रहेको महेशपुर थप १० किलोमिटर टाढा रहेको छ । 

वडा कार्यालयको केन्द्र बैजापुरबाट टाढा र दुर्गममा पर्ने भएकाले खयरभट्टी क्षेत्रमा सेवा प्रवाहमा कठिनाइ हुने गरेको वडाध्यक्ष मीनराज खड्काले जानकारी दिए । 

खयरभट्टी क्षेत्रका नागरिक न्यूनतम आधारभूत सेवाबाट वञ्चित रहँदै आएका छन् । तीन सय ५० घरधुरी र करिब ४०० मतदाता रहेको यो क्षेत्रलाई छुट्टै वडा र मतदान केन्द्र कायम गर्नुपर्ने माग अनौपचारिक रुपमा उठ्दै आए पनि औपचारिक रुपमा प्रवेश हुन नपाएको उनले बताए । 

गाउँसम्म पुग्ने सडक नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य, शिक्षा र खानेपानीको समस्या रहेको छ । गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष खड्काले नागरिकलाई पायक पर्ने स्थानमा वडा कार्यालय र मतदान केन्द्र कायम गरिनुपर्ने माग औपचारिक रुपमा माग आए कार्यपालिकामा पेस गरेर प्रक्रिया अगाडि बढाइने बताए ।

यो क्षेत्रमा स्वास्थ्य चौकी वा सहज स्वास्थ्य सेवाको पहुँच नहुँदा सामान्य बिरामी पर्दा निकै टाढासम्म जानुपर्ने र प्रसूति सेवाको अभावमा जोखिमपूर्ण अवस्थामा बस्नुपर्ने बाध्यता छ । शिक्षाको अवस्था नाजुक छ । बालबालिकाहरू लामो दुरी पैदल हिँडेर विद्यालय जान बाध्य छन्, जसले गर्दा विद्यालय छोड्ने दर उच्च छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दीलबहादुर तामाङले मतदान केन्द्र स्थापना गर्ने कार्य समस्या नरहेको बताए। वडा विभाजनको कुरा औपचारिक रुपमा कार्यपालिकाबाट निर्णय भएर आए आफूले आवश्यक समन्वयका साथ अगाडि बढाउने उल्लेख गरे । 
–––

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।