नेभिगेशन
समाज

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व मातृ पृथ्वी दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमाका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००९ देखि प्रत्येक वर्ष अप्रिल २२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो ।

यो दिवसले पृथ्वीको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सामूहिक प्रयास आवश्यक भएको सन्देश दिएको छ । महासागरहरू प्लास्टिकजन्य फोहरले भरिँदै गएका छन् र तीव्र रूपमा अम्लीय बन्दै गइरहेका छन् । अत्यधिक तापक्रम, डढेलो र बाढीपहिरोका घटनाले लाखौँ मानिस प्रभावित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर हरेक वर्ष करिब एक करोड हेक्टर वन क्षेत्र नष्ट भइरहेको छ । वातावरणविज्ञहरूका अनुसार स्वस्थ पारिस्थितिक प्रणालीले मानिसलाई रोगबाट जोगाउन सहयोग गर्छ भने  जैविक विविधताले रोग उत्पन्न गर्ने सूक्ष्म जीवहरूको तीव्र फैलावट नियन्त्रण गर्छ । हाल करिब १० लाख वनस्पति तथा जनावरका प्रजाति लोप हुने जोखिममा रहेको अनुमान गरिएको छ ।

Ncell
Extreme Energy

जलवायु परिवर्तन, प्रकृतिमा मानवीय हस्तक्षेप तथा वन विनाश, भू–उपयोग परिवर्तन, अत्यधिक कृषि तथा पशुपालन र अवैध वन्यजन्तु व्यापारजस्ता गतिविधिले जैविक विविधतामा गम्भीर असर पार्दै पृथ्वीको विनाशलाई तीव्र बनाइरहेका छन् ।

यस्तो अवस्थामा सुधार गर्न पारिस्थितिक प्रणालीको पुनःस्थापना अत्यावश्यक छ । पारिस्थितिक प्रणाली नै पृथ्वीका सबै जीवको आधार भएकाले यसको संरक्षणले पृथ्वी र मानव जीवनलाई स्वस्थ बनाउने विश्वास गरिएको छ । बिग्रिएको पारिस्थितिक प्रणाली पुनःस्थापना गर्न सकेमा गरिबी न्यूनीकरण, जलवायु परिवर्तनको प्रभाव कम गर्न र प्रजातिको सामूहिक विनाश रोक्न सहयोग पुग्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।