नेभिगेशन
समाज

अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ता लाई सरकारको चेतावनी

काठमाडौँ । सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री प्रकाशन तथा प्रसारण नगर्न चेतावनी दिएको छ । 

प्रेस विज्ञप्तीमार्फत सरकारले यस्ता गतिविधिले समाजमा भ्रम फैलाउने र सार्वजनिक शान्ति तथा सुरक्षामा असर पार्न सक्ने भन्दै यस्ता गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘विगत केही समयदेखि विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरूमा अपुष्ट, भ्रामक र तथ्यहीन समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेका सम्बन्धमा सरकार तथा सुरक्षा प्रति नागरिकको विश्वास कमजोर हुने अवस्थाको सिर्जना भइरहेको हुँदा यस्ता गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।’ विज्ञप्तीमा भनिएको छ।

Marvel
Extreme Energy

साथै, अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जिम्मेवार र संयमित भएर सामग्री प्रकाशन तथा साझेदारी गर्न अनुरोध गर्दै आधिकारिक पुष्टि नभएका समाचार वा सूचना प्रसारण नगर्न र स्रोतको विश्वसनीयता सुनिश्चित गर्न विशेष ध्यान दिन पनि आग्रह गरिएको छ।

‘कुनै पनि व्यक्तिको मानमर्दन हुने, सामाजिक सद्भाव खल्बल्याउने तथा राष्ट्रिय सुरक्षामा असर पर्ने किसिमका सामग्री प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबैमा सचेत गराइएको छ।’ विज्ञप्तीमा भनिएको छ।

सरकारले कुनै पनि व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने, सामाजिक सद्भाव खल्बल्याउने वा गलत सूचना फैलाउने कार्य कानुनअनुसार दण्डनीय हुने स्पष्ट पारेको छ।

सञ्चारमाध्यमहरूलाई पत्रकारिताको आचारसंहिता पालना गर्न र तथ्यमा आधारित सामग्री मात्र सार्वजनिक गर्न आग्रह गरिएको छ।

सूचनाको आवश्यक परे सम्बन्धित निकायसँग सम्पर्क गरी आधिकारिक जानकारी लिन सरकारले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।