नेभिगेशन
समाज

प्रवासमा रहेका १० लाख नेपालीलाई पार्टीमा जोड्ने रास्वपाको लक्ष्य, ‘प्रोफाइल बैंक’ स्थापना गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसारका विभिन्न देशहरूमा रहेका पार्टीसँग जोड्ने अभियान सुरु गरेको छ । विदेशमा पसिना रहेका नेपालीहरू केवल रेमिट्यान्सका स्रोत मात्र नभइ नेपालको भविष्य निर्माणका सह–निर्माता पनि हुन् भन्ने मूल भावनाका साथ उनीहरुको अनुभव, सीप, दृष्टिकोण र नेटवर्कलाई उपयोग गरी देश सुधारको वास्तविक शक्ति बनाउने उद्देश्य रहेको पार्टीको प्रवास नेपाली सम्पर्क विभागले जनाएको छ । 

पार्टीले कम्तिमा १० लाख सदस्य प्रवासबाट निर्माण गर्ने लक्ष्य राखेको छ । उनीहरुको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न ‘प्रोफाइल बैंक’ स्थापना, नेपाल फर्केर प्रयोग गर्न सकिने क्षेत्रहरूको सूचीकरण लगायतका योजनाहरु अघि सारेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्ता छन् प्रवासलाई केन्द्रमा राखेर रास्वपाले सञ्चालन गर्ने अभियानहरू 

Ncell
Extreme Energy

१.  प्रवास सदस्यता विस्तार अभियान

 प्रवासमा रहेका नेपालीहरूलाई औपचारिक रूपमा पार्टीसँग जोड्ने उद्देश्यले आगामी चरणमा कम्तिमा १० लाख सदस्य प्रवासबाट निर्माण गर्ने लक्ष्य राखिएको छ। यो सदस्यता केवल संख्या होइन, देशको निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागिताको ढोका हुनेछ।

२.  'प्रोफाइल बैंक'  स्थापना

 विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न 'प्रोफाइल बैंक' स्थापना गरिनेछ। यसले- 
• नेपालमा भित्र्याउन सकिने पूँजी तथा लगानी अवसरहरूको पहिचान
• विदेशमा सिकिएका सीपलाई नेपाल फर्केर प्रयोग गर्न सकिने क्षेत्रहरूको सूचीकरण
• स्टार्टअप, उद्यमशीलता र रोजगार सिर्जनाका लागि परियोजना विकास
• स्वदेश फर्कने लगानीकर्ताहरूका लागि मार्गदर्शन 
 प्रोफाइल बैंक बनेपछि आइडिया बैंकको काम सुरु गरिने छ।

३. केन्द्रीय कार्यालयको भवन निर्माण

 प्रवास विभागको नेतृत्वमा पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण अभियान अघि बढाइनेछ। यसमा विश्वभरका प्रवासी संगठनहरूको सक्रिय सहभागिता रहनेछ।
४.  निर्यात सम्भावना सूची (Export Mapping)
 नेपालका उत्पादन र सेवाहरूलाई विश्व बजारसँग जोड्न विस्तृत सूची तयार गरिनेछ:
• कृषि उत्पादन  हस्तकला तथा सांस्कृतिक वस्तु
• जडीबुटी तथा प्राकृतिक उत्पादन
• आईटी तथा डिजिटल सेवा
• पर्यटनसँग सम्बन्धित सेवा प्याकेजहरू
 यसका लागि “जहाँ नेपाली, त्यहीँ नेपाली उत्पादन” अभियान सञ्चालन गरिनेछ।

५.  इमर्जेन्सी हेल्पडेस्क 

 प्रवासमा रहेका नेपालीहरूको आपतकालीन समस्या समाधानका लागि हप्ताका सातै दिन २४ सै घण्टा समन्वय प्रणाली स्थापना गरिनेछ, जसले यस्ता सेवाहरु प्रदान गर्नेछ :
• श्रमिक र विद्यार्थीलाई सहायता
• कानुनी सहयोग
• अस्पताल/आपतकालीन सहयोग
• दूतावास समन्वय 

६. अन्तर्राष्ट्रिय छवि निर्माण 

 नेपालको नयाँ राजनीतिक, आर्थिक र सामाजिक सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न यस्ता गतिविधिहरु सञ्चालन गरिने छन् : 
• अन्तर्राष्ट्रिय सेमिनार तथा संवाद कार्यक्रम
• नीति बहस (Policy Dialogue)
• Think Tank सहकार्य

७.  नेपालमा पर्यटक प्रवर्द्धन अभियान

 प्रवास नेटवर्कमार्फत नेपाललाई सुरक्षित, आकर्षक र सांस्कृतिक गन्तव्यको रूपमा प्रस्तुत गर्न निम्न गतिविधि सञ्चालन गरिनेछन् :
• विदेशी पर्यटकलाई आकर्षित गर्ने अभियान
• डिजिटल प्रमोसन
• Diaspora Tourism Ambassador Program

८.  प्रवासी नेपालीहरूको साझेदारी र अधिकार

 गैरआवासीय नेपालीहरूको 'एक पटकको नेपाली. सधैंको नेपाली भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्तत: दोहोरो नागरिकताको पक्षमा उभिँदै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटहरूलाई तत्काल अन्त्य गर्न रास्वपा प्रतिबद्ध छ। विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउन आवश्यक पहल गरिनेछ।
 

 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सदनमा विपक्षीले सुकुमबासीलाई लालपूर्जा देउ भन्ने, पालिकामा अवरोध गर्ने ?- मन्त्री  रावल

सदनमा विपक्षीले सुकुमबासीलाई लालपूर्जा देउ भन्ने, पालिकामा अवरोध गर्ने ?- मन्त्री रावल

मन्त्री रावलले थप भनिन् ,'लालपूर्जा वितरण गर्नुपर्छ भनेर जरुरी महत्त्वको प्रस्ताव जुन विपक्षी दलहरुले ल्याउनुभयो, त्यो महसुस उहाँहरुले पालिकामा पनि गर्नुपर्यो । त्यही भएर सार्वजनिक महत्त्वको प्रस्ताव यहाँ...
सिइओहरूसँगकाे छलफलमा अर्थमन्त्री वाग्लेले के भने?

सिइओहरूसँगकाे छलफलमा अर्थमन्त्री वाग्लेले के भने?

र्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता उत्पादन र लगानीमा रूपान्तरण हुन नसकेको अवस्थाबारे गम्भीर छलफल आवश्यक रहेको बताएका छन् ।
गृहमन्त्री गुरुङ र मेहताको परिवारबीच वार्ता सुरु

गृहमन्त्री गुरुङ र मेहताको परिवारबीच वार्ता सुरु

उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्।
निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू

निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू

असम्भवलाई सम्भव बनाउने नेपाली पर्वतारोही । यही परिचयले विश्वभर चिनिएका थिए निर्मल पुर्जा, अर्थात् ‘निम्स दाइ’ । ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल सबैभन्दा छोटो समयमै आरोहण गरेर...