नेभिगेशन
समाज

विपद् जोखिम न्यूनीकरण गर्न प्रभावकारी कार्य योजना बनाइँदै

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम न्यूनीकरण गर्न प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्ने जनाएको छ ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले सवै जिल्लाबाट विपद् जोखिम न्यूनीकरणको योजनाको जानकारी लिएर प्राधिकरणले प्रभावकारी कार्ययोजनाका साथ काम गर्ने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विपद् जोखिम न्यूनीकरण योजनाका लागि प्रत्येक जिल्लाको कोषमा भएको रकम, सामाग्रीका साथै प्राकृतिक प्रकोपपछि भएका गतिविधिहरुको जानकारी संकलन गर्ने काम भइरहेको उनले बताए । बैंशाखको १५ गतेसम्म सवै जिल्लाबाट जानकारी प्राप्त भएपछि त्यसको केहि दिनमा नै यस बर्षको विपद् जोखिम न्यूनीकरण योजना तयार हुने भट्टको भनाइ छ ।

Ncell
Extreme Energy

उनले विपद् जोखिम न्यूनीकरणका लागि पालीकाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले पालीकाको सिफारिसका आधारमा जोखिम न्यूनिकरण तालिम दिने कार्य प्राधिकरणले गरेको जानकारी दिए। प्राधिकरणका कार्यकारी भट्टले बिपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गर्ने व्यवस्था समेत गर्न लागिएको धारणा राखेका छन्।

बिपद्का घटनापछि नागरिकलाई छिटो भन्दा छिटो राहतका साथै अस्थायी वासस्थानको व्यवस्थानका लागि पनि प्राधिकरणले स्थानीय पालीकासंगको समन्वयमा काम गर्ने गरेको उनले बताए । समिति सदस्यहरुले मनसुन अघि नै विपद् जोखिम न्यूनीकरण प्रतिकार्यलाई तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।