नेभिगेशन
समाज

सामाजिक सञ्जालहरु दर्ता नहुँदा अनुसन्धानमा चूनौति भइरहेको छः महानिरीक्षक कार्की

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा चलेका सामाजिक सञ्जालहरु दर्ता नभएका कारण अनुसन्धानमा चूनौति देखिएको बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महानिरीक्षक कार्कीले फेसबुक, इन्स्टाग्राम लगायतका विदेशी सामाजिक सञ्जालहरु नेपालमा दर्ता नहुदा अनुसन्धानमा चूनौति देखिएको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सामाजिक सञ्जालबाट समयमा नै जानकारी प्राप्त गर्न नसक्दा र आपत्तिजनक सामग्री हटाउने प्रक्रियामा स्पष्ट कानुनी व्यवस्था नहुदा क्षति नियन्त्रणमा ढिलाई हुने गरेको धारणा व्यक्त गरे । अहिले प्रहरी अधिकारीहरुले व्यक्तिगत सम्बन्धका आधारमा सामाजिक सञ्जाल प्रदायकसंग आवश्यक डाटा प्राप्त गरिरहेको उनको भनाइ छ । कार्कीले प्रहरीको तीन बर्षे रणनीति योजना छिटै सार्वजनिक गर्ने र त्यसमा साइबर बुलिङका बिषयमा स्पष्ट नीति ल्याइने जानकारी दिए ।

Ncell
Extreme Energy

पीडितहरुको गोपनियतालाई समेत ख्याल गर्दै साइबर बुलिङका घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखिएको उनले बताए। उनले साइबर सम्बन्धी बिषयहरुलाई पहिले काठमाडौंबाट मात्रै अनुसन्धान हुने गरेकोमा अहिले काठमाडौं बाहिरबाट पनि अनुसन्धान हुने गरेको बताए।

महानिरीक्षक कार्कीले प्रहरीको साइबर व्युरोमा गत बर्ष १८ हजार ९ सय २६ उजुरी परेकामा यस आर्थिक बर्षको ९ महिनामा मात्रै झण्डै १५ हजारको संख्यामा उजुरी दर्ता भएको जानकारी दिए। बैठकमा समिति सदस्यहरुले साइबर सुरक्षालाई प्रभावकारी बनाउन सामाजिक सञ्जालको नियमनसम्बन्धी नीति निर्माण प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

नेकपा एमालेभित्रैबाट केन्द्रीय कमिटीको बैठक तत्काल बोलाएर निर्वाचनमा भएको पराजयको समीक्षा गर्न तथा पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

सर्वोच्चले पुनरवलोकनको निस्सा दिएपछि इतर पक्ष उत्साहित छ । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त– ‘पार्टीमा पूर्ण एकताको बाटो खुलेको’ टिप्पणी टिप्पणी गरेका छन् ।  यतिमात्रै होइन, अब...
जब ज्यानको बाजी थापेर मिटरब्याज पीडित महिलालाई जोगाए प्रहरीले

जब ज्यानको बाजी थापेर मिटरब्याज पीडित महिलालाई जोगाए प्रहरीले

धनुषा जिल्ला अदालतको मूल गेटअगाडि बुधबार दिउँसो मिटरब्याज पीडित एक महिलाले आत्मदाहको प्रयास गरेपछि प्रहरीले तत्काल उद्धार गरेको छ ।
रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी गठन भएको चार वर्षको अवधिमा ३७ देशमा आफ्नो संगठन विस्तार गरेको छ। रास्वपाले विदेशमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले शुभेच्छुक संस्था ‘प्रवास...