नेभिगेशन
समाज

कांग्रेस संसदीय दलको नेता चयनको प्रक्रिया सुरु, शुक्रबार निर्वाचन

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गरेको छ ।

कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गर्दै दलको नेता चयनका लागि प्रक्रिया सुरु गरेको हो । कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार मनोनयन दर्ता र निर्वाचन प्रक्रिया हुँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसअघि बिहीबार नै सिंहदरबारमा निर्वाचन समितिले संसदीय दलमा संशोधित विधान पेश गरेको छ । २०७४ को संसदीय दलको विधानलाई संशोधन गर्दै नयाँ विधान पेश भएको कांग्रेस सांसद मदनकृष्ण श्रेष्ठले जानकारी दिए । दलमा पेश भएको विधानमा संशोधन गर्नुपर्ने भए शुक्रबार बिहान ८ बजेसम्म संशोधन प्रस्ताव पेश गर्न समय दिइएको उनले बताए । 

Ncell
Extreme Energy

त्यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएपनि अन्तिम समयसम्म सहमतिको प्रयास गरिने बताए । सहमति हुन नसके प्रक्रियाबाट दलको नेता चयन गरिने उनको भनाइ छ ।

दलको नेता चयनका लागि शुक्रबार ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दरखास्त दिने समय तोकिएको छ । त्यस्तै दिउँसो साँढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने, अपरान्ह ४ देखि ५ बजेसम्म मतदान र मतदात सकिएपनि मतगणना गरेर शुक्रबार नै निर्वाचन परिणाम घोषणा हुने कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिले जनाएको छ । 

कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य लगाएतको दावी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा...