नेभिगेशन
समाज

काठमाडौँ र ललितपुरमा जग्गा भएका पनि बस्छन् थापाथलीको सुकुम्बासी बस्तीमा (सूचीसहित)

काठमाडौँ । काठमाडौँ र ललितपुरमा जग्गा भएका पनि थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्ने गरेको पाइएको छ । 

सरकारले शनिबारबाट थापाथलीलगायत काठमाडौँ उपत्यकाको सुकुम्बासी, अव्यवस्थित बसोबास हटाउन लागेको छ । उनीहरूलाई लजमा लगेर राख्ने तयारी भइरहेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । यद्यपि यसको तयारीबारे सरकारले विस्तृत खुलाएको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा गरेको अध्ययनअनुसार काठमाडौँका नदीकिनारामा ३४९६ अव्यवस्थित बसोबासी छन् । काठमाडौँमा २२४५ अव्यवस्थित बसोबासी छन् । 

Extreme Energy
citizen life

काठमाडौंबाट सुकुम्बासी हटाउन लागेको भनेपछि उनीहरूलाई प्रमाणीकरण नगरी र विकल्प नदिई हटाउन लागेको भन्दै केही मानिस तरंगित भएपछि हामीले यसबारे थप अध्ययन ग¥यौं । थापाथलीको सुकुम्बासी बस्तीमा सरकारकै कुनै निकायले अध्ययनअनुसार ३६ जनाभन्दा बढी सुकुम्बासीको अन्यत्र जग्गाजमिन रहेको पाइएको छ । त्यसमध्ये केही काठमाडौं, ललितपुर र भक्तपुरमै जग्गा भएका पनि छन्।

यसरी जग्गा हुनेहरूमध्ये कतिपयको आफ्नै नाममा छ भने कतिपयको सगोलमा जग्गा रहेको पाइएको हो। भूमिसम्बन्धी ऐनअनुसार नेपालभित्र कुनै ठाउँमा आफ्नो नाम, एकाघर वा सगोलमा जग्गा रहेको अवस्थामा भूमिहीन दलित, सुकुम्बासी ठहर हुँदैन। उनीहरूले जग्गा पाउँदैनन्।

केही प्रतिनिधि नामहरूको विवरण हेरौं।

थापाथलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका सोलुखुम्बुका कर्णबहादुर राईको आफ्नो नाममा जग्गा देखिएको छ । उनी हाल थापाथलीस्थित सुकुम्बासी बस्तीमा ११२ नम्बरको घरमा बस्दै आएका छन्। उनको सोलखुम्बुस्थित नेचाबेतघारीमा ४३७ कित्ता नम्बरको १९२० वर्गक्षेत्रफलको जग्गा छ।

काभ्रे बुढाखानीका नारायणबहादुर मगर पनि सुकुम्बासी बस्तीमै बस्छन्। उनको नाममा साविक बुढाखानी–५ मा जग्गा देखिएको छ। हाल उनी सुकुम्बासी बस्तीमा घर नम्बर ९३ मा बस्छन्। उनले आफ्नो नाममा रहेको जग्गा बिक्री गरेको पनि  अभिलेखमा देखिएको छ। उनको पुर्ख्यौली ६ कित्ता जग्गा रहेको खुल्न आएको छ। उनको काभ्रे नासिकास्थनर बुढाखानीमा क्षेत्रफल नखुलेका पाँच कित्ता जग्गा रहेको र हाल सबै जग्गा बिक्री गरेको देखिएको हो।

त्यस्तै थापाथलीस्थित सुकुम्बासी बस्तीको घर नम्बर २७ मा बस्ने समरसिंह प्रजाको पनि आफ्नो नाममा जग्गा भेटिएको छ। धादिङ महादेवस्थानका उनको हाल उनको नाममा ३ रोपनी १ आना १ पैसा १ दाम, १ रोपनी ७ आना, १ रोपनी ११ आना ३ पैसा ३ दाम, १ रोपनी १३ आना ३ पैसा २ दाम, १ रोपनी ९ आना २ दाम  जग्गा अंशबण्डा भइ उनको नाममा आएको देखिन्छ।

बाङथली–६ काभ्रेका विष्णु उप्रेती पनि त्यस्तै व्यक्ति हुन्। उनी हाल थापाथलीकै सुकुम्बासी बस्तीको घर नम्बर ०३७ मा बस्दै आएका छन्। उनको संयुक्त नाममा काभ्रको बाङथलीमै ३ रोपनी ५ आना १ दाम जग्गा छ। उक्त जग्गा संयुक्त नाममा भेटिएको हो।

सप्तरी साविक बिसहरिया–७ का भागत राम पनि हाल थापाथलीस्थित सुकुम्बासी बस्तीमै बस्छन्। घर नम्बर ४० मा बस्ने उनको नाममा पनि सप्तरी र महोत्तरीमा गरी चार कित्ता जग्गा छ। उनको नाममा ६ कठ्ठाभन्दा बढी जग्गा देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको अद्यावधिक विवरणमा उल्लेख छ।

त्यस्तै थापाथलीकै घर नम्बर ८५ मा बस्ने दिलमाया खत्रीको पनि ६ कित्ताभन्दा बढी जग्गा देखिएको छ। साविक माटी–८ दोलखाकी उनको १०१०, १०३०, ६३०, ३१०, १९०, ५० वर्गमिटर जग्गा देखिएको छ।

घर नम्बर ९२ मा बस्ने कैलाशवती देवीको पनि जग्गा छ। साविक धर्मपुर–४ रौतहटकी उनको रौतहट चन्द्र निगाहपुरमा ८ धुरभन्दा बढी जग्गा छ। घर नम्बर ९६मा बस्ने झगेन्द्रबहादुर बुढाको पनि जग्गा देखिएको छ। उनी साविक धनबाङ–९, सल्यानका हुन्। उनको नाममा भक्तपुरको दधीकोट– ५ (ख) मा ४ आना १ पैसा २ दाम जग्गा देखिएको छ।

ललितपुरमा बसोबास भएको मानिस पनि थापाथलीको सुकुम्बासीमा टहरा ठड्याउँछन्। साविक ललितपुर–१३ की कृष्णप्यारी ताम्राकार थापाथलीस्थित सुकुम्बासी बस्तीमा घर नम्बर १०७ मा बस्छिन्। उनको नाममा काठमाडौंको साविक भीमढुंगा– ८ (ग) मा ६ आना १ पैसा जग्गा देखिएको छ।

थापाथलीकै सुकुम्बासी बस्तीको घर नम्बर १२ मा बस्ने दुर्गा खड्काको साविक मकवानपुर ज्यामिरे–७ (ग) मा ७ आना जग्गा देखिएको छ। साविक ललितपुर–३ का सूर्यबहादुर सिलवालसको नाममा पनि ३९७.३८ वर्गमिटर जग्गा देखिएको छ। उनी पनि थापाथलीकै सुकुम्बासी बस्तीमा बस्छन्।

सुकुम्बासी बस्तीमै बस्ने सीता पौडेल क्षत्रीको ललितपुरको लामाटारमा १०७ वर्गमिटर जग्गा भेटिएको छ।

साविक धियाल–२ मकवानपुरका चन्द्रबहादुर योञ्जनको नाममा सिन्धुलीको कपिलकोटका चार ठाउँमा क्रमशः ७०२.६८, ५१२.९६, ३७८४.३०, ११३४.४४ वर्गमिटर,  सिन्धुलीकै महेन्द्र झ्याडीमा १०१५.९२, ३६८२.७०, १४०५.३५, ९५.३७ वर्गमिटर जग्गा देखिन्छ। मकवानपुर पदमपोखरीका राज खुलालको पनि जग्गा छ। उनी हाल थापाथलीकै सुकुम्बासी बस्तीमा बस्छन्। उनको मकवानपुर पदमपोखरीमा १६९.३० वर्गमिटर जग्गा देखिएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिलका कैलाश खड्काको पनि जग्गा छ। उनको चितवनको रातापुर ९ (क) साविकमा १६९.३१ वर्गमिटर जग्गा देखिएको छ।

 साविक थाक्रे–७ धादिङका माइला तामाङको पनि जग्गा थियो। हाल थापाथलीकै सुकुम्बासीमा बस्ने उनको धादिङमा १० कित्ता जग्गा रहेकामा सबै बेचबिखन गरेको देखिएको छ।

थापाथलीस्थित सुकुम्बासी बस्ती बस्ने साविक डाँडागाउँ–३ रसुवाकी कान्छी माया गुरूङको पनि जग्गा छ। उनको चितवन पञ्चकन्या–४ साविकमा १३०.३८ वर्गमिटर जग्गा देखिएको छ।

थापाथलीकै सुकुम्बासी बस्तीमा बस्ने लालिमाया तामाङको रामेछाप गागलमा १४५.०७ वर्गमिटर जग्गा छ। उनको नाममा काठमाडौंको सतुंगलमा समेत जग्गा भएकामा त्यहाँको जग्गा बेचबिखन गरिसकेको खुलेको छ।

साविक गणेशस्थान–९ काभ्रेकी मीना कोइरालाको काभ्रे पाँचखालमा जग्गा भएकामा उनले पनि बेचबिखन गरेकी छन्। उनको पनि हाल बसोबास थापाथलीकै सुकुम्बासी बस्तीमा छ।

मातिम–८ खोटाङका टेकबहादुर दर्जीको खोटाङ मातिममै पाँच कित्ता क्रमशः १३९८.९६ सगोलको, ३५६१.१८ संयुक्त नाममा, ४७४.८८ आफ्नै नाममा, १७७८.५७, २६२५.१७ वर्गमिटर जग्गा देखिएको छ। साविक फाखेल–५ मकवानपुरका श्याम परियार पनि सुकुम्बासी बस्तीमै बस्छन्। उनको पनि मकवानपुर चित्लाङमा १७१८.९५ वर्गमिटर जग्गा छ।

थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका साविक पाँचखाल–३ काभ्रेका दिनेशमान श्रेष्ठको पनि चार ठाउँमा जग्गा देखिएको छ। उनको नाममा धनकुटाको हात्तीखर्कमा ५६४३.८३, हात्तीखर्कमै ६१४४.६२, मकवानपुर हाँडीखोलामा ९५६.६१, मकवानपुर भैँसेमा २६२.२७ वर्गमिटर जग्गा भेटिएको छ। थापाथलीस्थित टहरामै बस्ने रुपमुनी ढुंगानाको नाममा पनि रामेछापको भलुवाजोरमा ९४१५.६ वर्गमिटर जग्गा भेटिएको छ। उनको ललितपुरको छम्पीमा पनि ४२९.१७ र ३६५.५९ वर्गमिटर गरी दुई कित्ता तथा ललितपुर नल्लुमै अर्को कित्ता पनि जग्गा देखिएको छ। उनी पनि थापाथलीस्थित सुकुम्बासी बस्तीकै हुन्।

सुकुम्बासी बस्तीकै पवित्रमाया मगर्नीको नाममा मकवानपुर टिस्टुङमा ५३८.५६, मकवानपुर चित्लाङमा ४४५.०६ वर्गमिटर जग्गा देखिएको छ। स्याम्चा–४ तनहुँका हीरा थापाको तनहुँकै सन्जामा ९३७.१२, वर्गमिटर जग्गा देखिएको छ। सन्जाकै अर्को कित्ता जग्गा भने उनले बेचबिखन गरिसकेका छन्। थापाथलीस्थित टहरामै बस्ने साविक धुस्कुन–२ सिन्धुपाल्चोककी सरस्वती बस्नेतसँग काठमाडौंको बूढानीलकण्ठमा एक कित्ता जग्गा देखिएको छ। थापाथलीको सुकुम्बासी बस्ती बस्ने रौतहट चन्द्रनिगाहपुरका दिलबहादुर तामाङको रौतहट चन्द्रनिगाहपुरमा १७६०.८५ वर्गमिटर जग्गा देखिएको छ। रौतहटकै अर्को कित्ता जग्गा बेचबिखन गरेको खुलेको छ।

कपन–१ काठमाडौंकी सीता चालिसेको ललितपुर टीकाथलीमा २०९.३५ र भक्तपुर सिपाडोलमा १२७.१६ वर्गमिटर गरी दुई कित्ता जग्गा देखिएको छ।

लमजुङ मध्यनेपाल नगरपालिका–९ का पदमराज खड्का पनि थापाथलीकै सुकुम्बासी बस्तीमा आश्रित छन्। उनको नाममा लमजुङ बांग्रेमा ५ कित्ता जग्गा क्रमश, २५४.३६, ७३९.२६, १३६९.२३, १०१६.८४, ५७२१.३४, ७९०.९३, १०६५.१७ वर्गमिटर जग्गा देखिएको छ।

यो त हामीले प्रारम्भिक छानबिनको क्रममा मात्रै पत्ता लगाएका हौं। सुकुम्बासीको आवरणमा सार्वजनिक, खोलाकिनारको जग्गा अतिक्रमण गर्नेहरू क्रमशः बाहिर आउँदैछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न महानगरको माइकिङ

थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न महानगरको माइकिङ

वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै थापाथली महानगर प्रहरीले माइकिङ गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको थापाथलीका सुकुम्बासी बस्ती पुगेका हुन् ।
शेखर गोल्छा पक्राउ

शेखर गोल्छा पक्राउ

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो । हाल विभागको हिरासतमा रहेका दीपक भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबारमा गोल्छा पनि मुछिएका छन् ।
होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको आन्तरिक मूल्याङ्कनलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले जनाएअनुसार इरानले जलमार्गमा राखेका बारुदी सुरुङहरू हटाउने प्रक्रिया अत्यन्त जटिल हुने देखिएको छ । यसले तेल र ग्यासको...
स्थानीय तहबाट मालपोत सम्बन्धी सेवा प्रवाह गर्न मन्त्रालयको आह्वान, ७ दिनभित्र प्रस्ताव माग

स्थानीय तहबाट मालपोत सम्बन्धी सेवा प्रवाह गर्न मन्त्रालयको आह्वान, ७ दिनभित्र प्रस्ताव माग

सूचनामा इच्छुक स्थानीय तहले आवश्यक जनशक्ति तथा पूर्वाधारको व्यवस्था आफैंले गर्ने प्रतिबद्धतासहित सेवा सञ्चालन गर्न इच्छुक रहेको विवरण उल्लेख गरी पत्र पठाउनुपर्ने उल्लेख गरिएको छ।