नेभिगेशन
समाज

खटाइएको पालिकामा नजाने कर्मचारीलाई तीन दिने अल्टिमेटम, नगए कारबाही हुन्छ: मन्त्री रावल

काठमाडौँ । सरकारले खटाएको स्थानीय तहमा नजाने कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सरुवा गरेका कर्मचारी महिनौसम्म कार्यस्थलमा नगएको पाइएपछि तीन दिनभित्र सम्बन्धित पालिकामा पुग्न अल्टिमेटम दिएको हो  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामान्य प्रशासन मन्त्रालयका अनुसार भदौदेखि माघ महिनासम्म नौवटा गाँउपालिका र सातवटा पालिकामा खटाइएका कर्मचारी हाजिर नभएको पाइएपछि कारबाहीको तयारी गरिएको हो । 

Ncell
Extreme Energy

नयाँ सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रालयको नेतृत्व सम्हाल लगत्तै प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका डेढ सयभन्दा बढी संख्यामा स्थानीय तहमा दरबन्दीबमोजिम प्रमुख प्रशासकीय पठाएकी थिइन् । 

मन्त्रालयले उपमहानगरमा सहसचिव, नगरपालिकामा उपसचिव र गाँउपालिकामा शाखा अधिकृत खटाएको थियो । 

सरुवा भएको २१ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्ने कानुनी व्यवस्था भएपनि केहि पालिकामा कर्मचारी पुगेका छैनन् । 

मन्त्रालयका अनुसार रामेछापको लिखु तामाकोशी, बैतडीको सुर्नया, बझाङको मष्टा, जाजरकोटको जुनीचाँदे, सल्यानको सिद्धकुमाख, कपिलवस्तुको यशोधरा, सुनसरीको कोशी, भोजपुरको आमचोक र बैतडीको शिवनाथ गाउँपालिकामा सरुवा गरिएका प्रमुख प्रशासकीय अधिकृत अझै पुगेका छैनन् ।

त्यस्तै, बझाङको जयपृथ्वी नगरपालिका, डडेलधुराको अमरगढी, बैतडीको पुर्चौडी, अछामको साँफेबगर, बर्दियाको ठाकुरबाबा, रौतहटको गढीमाई र बाराको महागढीमाई नगरपालिकामा पनि प्रशासकीय अधिकृत हाजिर भएका छैनन् । 
उनीहरुलाई सम्बन्धीत पालिकामा हाजिर हुन तीन दिनको अन्तिम अल्टिमेटम दिइएको मन्त्रालयले जनाएको छ । 

के छ कानुनी व्यवस्था ?

निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० मा यससम्बन्धी व्यवस्था छ । नियम ३९ मा भनिएको छ, ‘कुनै पनि निजामती कर्मचारी सरुवा भएको कार्यालयमा रमानापत्रमा तोकिएको समयभित्र हाजिर हुन जानुपर्नेछ । कुनै पनि निजामती कर्मचारीलाई सरुवा भएको कार्यालयमा हाजिर नभई अर्को पद वा कार्यालयमा सरुवा गरिनेछैन । यसरी निर्धारित समयभित्र हाजिर हुन नजाने निजामती कर्मचारीलाई विभागीय कारबाही हुनेछ ।’ 

त्यस्तै, नियम ४० ले बहाली म्यादसम्बन्धी व्यवस्था गरेको छ । उक्त नियममा भनिएको छ, ‘एक स्थानबाट अर्को स्थानमा जानुपर्ने भई कुनै निजामती कर्मचारीको सरुवा भएमा त्यस्तो कर्मचारीले बरबुझारथको निमित्त २१ दिनमा नबढाई तथा तयारीको निमित्त बाटोको म्यादबाहेक सात दिनको म्याद पाउनेछ र तयारी म्यादमा निजले कार्यालयमा हाजिर हुनुपर्नेछैन । बरबुझारथका निमित्त २१ दिनभन्दा बढी लाग्ने भएमा त्यसको स्पष्ट कारण खोली सम्बन्धित सचिवबाट बढीमा एक महिनासम्म बरबुझारथका लागि म्याद थप हुन सक्नेछ ।’ 


तीन दिनभित्र पालिकामा हाजिर नभए कारबाहीः सामान्य प्रशासमन्त्री रावल

यस अघि चल्दै आएको सरुवा भएको ठाउँमा नजाने, फेरी सरुवा मिलाएर यतै बस्ने प्रवृती अहिले मान्य हुँदैन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सिधाकुरासँग भनिन्, यथाशीघ्र खटाइएका पालिकामा हाजिर नहुने कर्मचारीलाई विभागीय कारबाही हुन्छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाइएको पालिकामा नजाने कर्मचारीलाई सूचना तथा पत्राचार समेत गरेर तीन दिनभित्र अनिवार्य हाजिर हुन भनेको छ । 

पत्रमा भनिएको छ,‘रमाना भई समय व्यतीत भइसक्दासमेत खटाइएको स्थानीय तहहरूमा रमाना भई हाजिर हुन नगएका प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिनभित्र अनिवार्य रूपमा कामकाज गर्न खटाइएको निकायमा रमाना भई जानू । अन्यथा निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० मा भएको व्यवस्थाबमोजिम कारबाही हुनेछ,’ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सदनमा विपक्षीले सुकुमबासीलाई लालपूर्जा देउ भन्ने, पालिकामा अवरोध गर्ने ?- मन्त्री  रावल

सदनमा विपक्षीले सुकुमबासीलाई लालपूर्जा देउ भन्ने, पालिकामा अवरोध गर्ने ?- मन्त्री रावल

मन्त्री रावलले थप भनिन् ,'लालपूर्जा वितरण गर्नुपर्छ भनेर जरुरी महत्त्वको प्रस्ताव जुन विपक्षी दलहरुले ल्याउनुभयो, त्यो महसुस उहाँहरुले पालिकामा पनि गर्नुपर्यो । त्यही भएर सार्वजनिक महत्त्वको प्रस्ताव यहाँ...
सिइओहरूसँगकाे छलफलमा अर्थमन्त्री वाग्लेले के भने?

सिइओहरूसँगकाे छलफलमा अर्थमन्त्री वाग्लेले के भने?

र्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता उत्पादन र लगानीमा रूपान्तरण हुन नसकेको अवस्थाबारे गम्भीर छलफल आवश्यक रहेको बताएका छन् ।
गृहमन्त्री गुरुङ र मेहताको परिवारबीच वार्ता सुरु

गृहमन्त्री गुरुङ र मेहताको परिवारबीच वार्ता सुरु

उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्।
निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू

निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू

असम्भवलाई सम्भव बनाउने नेपाली पर्वतारोही । यही परिचयले विश्वभर चिनिएका थिए निर्मल पुर्जा, अर्थात् ‘निम्स दाइ’ । ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल सबैभन्दा छोटो समयमै आरोहण गरेर...