नेभिगेशन
समाज

सुकुम्वासीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । काठमाडौँका नदि किनारामा अव्यवस्थित बासोबास गर्दै आएका सुकुम्वासीहरुलाई हटाउनले सरकारको निर्णय कार्यान्वयन रोक्न माग गर्दै जेनजी अधिकारकर्मीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । अधिवक्ताहरू तनुजा पाण्डे, सुशान्त नेपाली, अर्णव चौधरी, प्रज्वल विक्रम राणा, ओजस्वी भट्टराई, कविता राई, बिकास कुमार गुप्ता लगायतले रिट हालेका हुन् । 

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री बालेन्द्र शाह, गृह मन्त्रालय, प्रहरी महानिरिक्षक, काठमाडौं महानगरपालिकाका कार्यबाहक मेयर सुनिता डंगोल समेतलाई विपक्षी बनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिना विकल्प सुकुम्वासीहरू हटाउने निर्णय गलत भएको उनीहरुको दावी छ । 

Marvel
Extreme Energy

बिहीबार साँझ काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले बस्ती खाली गर्न माइकिङ गरेका थिए । त्यसअघि गृहमन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर बस्ती खाली गर्न निर्देशन दिएका थिए । उक्त बैठक काठमाडौँ महानगरकी कार्यबाहक मेयर सुनिता डंगोलको पनि उपस्थिति थियो । 

काठमाडौँ महानगरले बस्ती खाली गर्न माइकिङ गरेपछि केही मानिसहरुले सामान सार्न थालेका छन् । केहीले भने प्रतिकार गर्ने अडान राखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...