नेभिगेशन
समाज

सुकुम्वासीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । काठमाडौँका नदि किनारामा अव्यवस्थित बासोबास गर्दै आएका सुकुम्वासीहरुलाई हटाउनले सरकारको निर्णय कार्यान्वयन रोक्न माग गर्दै जेनजी अधिकारकर्मीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । अधिवक्ताहरू तनुजा पाण्डे, सुशान्त नेपाली, अर्णव चौधरी, प्रज्वल विक्रम राणा, ओजस्वी भट्टराई, कविता राई, बिकास कुमार गुप्ता लगायतले रिट हालेका हुन् । 

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री बालेन्द्र शाह, गृह मन्त्रालय, प्रहरी महानिरिक्षक, काठमाडौं महानगरपालिकाका कार्यबाहक मेयर सुनिता डंगोल समेतलाई विपक्षी बनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिना विकल्प सुकुम्वासीहरू हटाउने निर्णय गलत भएको उनीहरुको दावी छ । 

Ncell
Extreme Energy

बिहीबार साँझ काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले बस्ती खाली गर्न माइकिङ गरेका थिए । त्यसअघि गृहमन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर बस्ती खाली गर्न निर्देशन दिएका थिए । उक्त बैठक काठमाडौँ महानगरकी कार्यबाहक मेयर सुनिता डंगोलको पनि उपस्थिति थियो । 

काठमाडौँ महानगरले बस्ती खाली गर्न माइकिङ गरेपछि केही मानिसहरुले सामान सार्न थालेका छन् । केहीले भने प्रतिकार गर्ने अडान राखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।