नेभिगेशन
समाज

सुकुम्वासी बस्ती खाली गर्न बल प्रयोग हुँदैनः सरकार

काठमाडौँ । सरकारले नदि किनारमा रहेका सुकुम्वासी बस्तीलाई हटाउन बल प्रयोग नगर्ने स्पष्ट पारेको छ । 

मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सुकुमबासी बस्ती हटाउन जबरजस्ती प्रहरी बल प्रयोग वा डोजर चलाउने कुनै योजना नरहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले मनसुनको समयमा बाढि आउदा नदि किनारमा रहेका सुकुम्वासी बस्ती निकै प्रभावित भएकाले उनीहरुलाई उचित स्थानमा स्थानान्तरण गर्न खोजिएको प्रष्ट पारे । देशका सबै ठाउँका सुकुम्वासीको दीर्घकालीन समाधान गरिने भन्दै उनले सुकुम्वासीमाथि विगतमा हुने गरेको राजनीति अव नहुने धारणा राखे । 

Ncell
Extreme Energy

प्रवक्ता पोखरेलले प्रारम्भीक चरणमा बाढिको जोखिम रहेका उपत्काका तीन वटा सुकुम्वासी बस्ती हटाइने र सुरक्षित स्थानमा राखिने बताउ । उनले स्थानान्तरणका क्रममा वास्तविक सुकुम्वासीहरुको पहिचान समेत गरिने बताए । प्रवक्ता पोखरेलले संसद्लाई पर्याप्त बिजनेस दिनका लागि संसद् अधिवेशन स्थगित गरिएको उल्लेख गरे । सरकार अध्यादेश ल्याउने पक्षमा नरहेको भन्दै उनले संसद स्थगित गर्नु ठूलो विषय नभएको बताए । 

त्यस्तै प्रवक्ता पोखरेलले अहिले नै गृह मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने कुनै तयारी नभएको समेत जानकारी दिए । साथै उनले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्बाट भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।