नेभिगेशन
समाज

युएईविरुद्ध नेपालको जित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले  युएईमाथि ३७ रनको जित हासिल गरेको हो । नेपालले जितका लागि दिएको दुई सय एक रनको चुनौती पछ्याएको युएई ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६३ रनमा समेटियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युएईका लागि हरप्रीत सिंहले ३९ रन जोडे भने कप्तान मोहम्मद वसीमले ३४ रन बनाए । बलिङतर्फ नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । यस्तै, सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई/दुई विकेट लिए ।

Ncell
Extreme Energy

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले  ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय रनको योगफल बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह एरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् ।  

नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन तथा करण केसीले २२ रनको योगदान दिए । अन्य खेलाडीमा भीम सार्कीले १० तथा आरिफ शेख र सोमपाल कामीले समान १५/१५ रन बनाए । 

बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन÷तीन विकेट लिए । अब यही वैशाख १४ गते नेपालले ओमानसँग खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।