नेभिगेशन
समाज

डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि तनाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि उनलाई सुरक्षित स्थानमा लगिएको छ।

वासिङ्टन डिसीको वासिङ्टन हिल्टन होटलमा शनिबार राति ह्वाइट हाउस संवाददाताहरूको कार्यक्रमबीच गोली चलेको आवाज सुनिएपछि ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यूयोर्क टाइम्स का अनुसार कार्यक्रम भइरहेको होटलभित्र गोली चलेको सूचना पाएपछि ट्रम्पलाई मञ्चबाट हतारमा बाहिर निकालिएको थियो।

Ncell
Extreme Energy

घटनापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत आफू सकुशल रहेको जनाउँदै चाँडै ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्ने बताएका छन्।

अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले सिक्रेट सर्भिसले सुरक्षा जाँच क्षेत्र नजिक गोली चलेको घटना रिपोर्ट गरेपछि एक जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरेको छ।

ह्वाइट हाउस प्रेस टोलीका अनुसार घटनाको बेला एक सुरक्षाकर्मीले गोली चल्यो भन्दै चिच्याएका थिए र हतियारसहितका एजेन्टहरू तुरुन्तै ट्रम्पतर्फ दौडिएका थिए।

कार्यक्रम सुरु भएको करिब पाँच मिनेटमै हलको पछाडितर्फ हलचल देखिएको थियो।

त्यसपछि अचानक सन्नाटा छाएको र सयौं सहभागीहरू आफ्नो सिटमुनि लुकेका थिए। मञ्चमा पनि हतियारसहितका सुरक्षाकर्मीहरू देखा परेका थिए र ट्रम्प दम्पतीलाई तत्काल बाहिर लगिएको न्युयोर्क टाइम्सले जनाएको छ।
ट्रम्पले पछि सामाजिक सञ्जालमा लेखेका छन्, 'प्रथम महिला, उपराष्ट्रपति र सबै क्याबिनेट सदस्य पूर्ण रूपमा सुरक्षित छन्।'

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार घटनाको समयमा सहभागीहरू खाना खाइरहेका थिए र अर्को परिकार ल्याउने तयारी भइरहेको थियो।

त्यत्तिकैमा सुरक्षाकर्मीहरूले सबैजना तल बस्नू भन्दै आदेश दिएपछि गाउन र टक्सेडो लगाएका पत्रकारहरू टेबलमुनि लुकेका थिए। हतारमा भाग्दा वाइन टेबलमा पोखिएको र गिलासहरू आपसमा ठोक्किएको दृश्य देखिएको थियो।

एपीले जनाएअनुसार हतियारधारी सुरक्षाकर्मीहरू हलका ढोकाबाट भित्र छिरेर ट्रम्प बसेको मञ्चतर्फ दौडिएका थिए, जसका कारण सहभागीहरू झन् त्रसित बनेका थिए।

त्यहीबीच कसैले 'यूएसए'भन्दै चिच्याएको पनि सुनिएको थियो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ठूलो आवाज (गोलीजस्तो)सुनिएपछि ट्रम्प दम्पतीलाई सिक्रेट सर्भिसले तत्काल बाहिर निकालेको थियो।  उक्त कार्यक्रममा करिब २ हजार ६०० जना सहभागी थिए भनेर रोयटर्सले लेखेको छ।

 घटना हुँदा धेरैजसोले टेबलमुनि लुकेर ज्यान जोगाउने प्रयास गरेका थिए।

घटनास्थल वाशिङ्टन हिल्टन होटल ऐतिहासिक रूपमा पनि संवेदनशील मानिन्छ।

यही होटल बाहिर सन् १९८१ मा जोहन हिन्क्ली जुनियर ले तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन माथि आक्रमणको प्रयास गरेका थिए।

घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने सुरक्षा सतर्कता उच्च बनाइएको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।