नेभिगेशन
समाज

बुटवल र वीरगञ्जमा कामठमाडौँ इफेक्टः अतिक्रमित जग्गामा धमाधम चल्न थाले डोजर

काठमाडौँ । सरकारले काठमाडौँमा नदी किनारका अतिक्रमित जग्गा खाली गर्न थालेपछि त्यसको असर देशका अन्य सहरमा पनि देखिन थालेको छ ।

बुटवल र वीरगञ्जमा आज बिहानैदेखि सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालिएको छ । वीरगञ्जमा नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोल र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको कार्यालयले जनाएको छ । आज बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सुरक्षामा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने काम भइरहेको छ । पर्सा जिल्लामा पर्ने नहरको करिब २६ किलोमिटर क्षेत्रफलमा अतिक्रमण हटाउने कार्य सुरु गरिएको कार्यालयले जनाएको छ ।

Ncell
Extreme Energy

त्यस्तै, बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा बनेका घरटहरा हटाउन सुरु भएको छ ।

तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार दिइएको थियो ।

साबिक वडा नम्बर ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साविक कित्ता नम्बर ३९६ ९हाल कित्ता नम्बर ७,८,१२,६१,१३ र ४० को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका घरटहरा हटाउन थालिएको हो । बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङ गरेर सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन निर्देशन दिएको थियो ।

उक्त क्षेत्रमा बुटवल बार एसोसिएसन, प्रदेश प्रमुखको कार्यालयलगायत विभिन्न सङ्घसंस्थाका संरचना पनि रहेकाले ती संरचना सोही कित्तामा पर्छन् वा पर्दैनन् भन्नेबारेमा अनुसन्धान भइरहेको नगरपालिकाले जनाएको छ। वाह्र वर्षअघि पनि उक्त जग्गा खाली गराउने प्रयास भएको थियो । सो क्षेत्रमा निर्माण गरिएका अधिकांशमा टहरामा चिया पसल तथा रेष्टुरेन्टका सञ्चालनमा  छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आज मंगलबार दिउँसो ३ बजेका लागि बोलाएका छन् ।
प्रधानमन्त्री बालेन शाह र सभामुख अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र सभामुख अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भइरहेको छ ।
बजेट पेश गर्न नसकेका मधेसका  ४  पालिकामा  संघीय  मन्त्रालयले सहजीकरण गर्दै, सहसचिव नेतृत्वको टोली पालिका जाँदै

बजेट पेश गर्न नसकेका मधेसका ४ पालिकामा संघीय मन्त्रालयले सहजीकरण गर्दै, सहसचिव नेतृत्वको टोली पालिका जाँदै

सहजीकरणका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधिको संयुक्त टोली सम्बन्धित नगरपालिकामा स्थलगत रूपमा जाने कार्यक्रम तय भएको...
इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ ।