नेभिगेशन
समाज

‘सुकुम्बासी’ हटाइएको ठाउँमा तारबार गर्न सुनिता डंगोलको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन्  ।


थापाथलीस्थित बागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले तथा यसपछि खाली गराइने ठाउँको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न निर्देशन दिएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


आइतबार कार्यवाहक प्रमुख डंगोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण पनि गरेकी थिइन् । अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई यी भवनहरुमा राख्ने योजना छ । 

Ncell
Extreme Energy

नदी किनाराका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका वस्ती खाली गराउने क्रममा बागमती नदी खण्डको थापाथली क्षेत्रको वस्ती वैशाख १२ गते खाली गराइसकिएको छ । 

यसका लागि महानगरपालिकाभित्र भएका अनधिकृत बस्ती बसोबास गरिरहेका व्यक्ति आफैंलाई खाली गराउन बिहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो । 

यसरी जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले आफैं घर टहरा खाली गराए  । यसरी आफैं घरटहरा खाली गराउने क्रम शनिबार बिहानसम्म पनि जारी थियो । 

वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार वडाभित्र थापाथली र वंशीघाट गरेर ३३२ वटा घरटहरा थिए । यसमध्ये थापाथलीतर्फका १३६ घरटहरा भत्काइएका छन् ।

यस ठाउँबाट सरेर अन्यत्र जानेलाई महानगर प्रहरी बलले सवारी साधन र जनशक्ति परिचालन गरेर घरबाट बाहिर सामान निकाल्न र बाहिर निकालिएका सामान उनीहरूले भनेका ठाउँमा ओसार्न सहयोग गरेको थियो । 

बामती नदी खण्डको सिनामंगलदेखि बानेश्वर क्याम्पससम्म रहेको अव्यवस्थित बस्ती अन्तर्गत वडा नं. ९ तर्फ १६२ घरधुरी र वडा नं. ३१ तर्फ दीर्घशान्ति टोल (जागृतिनगर) मा ४७६ घरटहरा थिए ।

यीमध्ये वैशाख १२ गते वडा नं. ९ तर्फका घरटहरा खाली गराइयो । वडा नं. ३१ तर्फ यस दिन राति ९ बजेसम्म भत्काउँदा केही भागको मात्र काम सकिएको थियो । १३ आइतबार गते बिहान मनोहरा क्षेत्रमा जनशक्ति, स्रोत साधन केन्द्रित गरिएको थियो । 

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार सोमबार जागृतिनगरसँगै मनोहरा नदी खण्डमा काठमाडौं र मध्यपुर थिमितर्फ दुवैतर्फ काम भइरहेको छ । 

उपत्यका विकास प्राधिकरणका अनुसार महानगरपालिकाको वडा नं. १५ को स्वयम्भू वन परिक्रमा मार्गको नमूना टोलमा ४६ घरधुरी सार्वजनिक तथा पर्ती जग्गामा छन् । वडा नं. १६ को जागृति मार्गमा १२३ घरधुरी र वुद्धज्योतीमा ७६ घरधुरी छन् । 

महानगरपालिकाको चमती विकास आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार वनस्थलीबाट परिक्रमा मार्ग प्रवेश गर्दा गर्दै ५ घर सकुम्बासी बस्तीका रुपमा रहेको छ । 

प्राधिकरणको तथ्याङ्क अनुसार वडा नं. ३२ को जडीबुटी मिलन चोकमा ११४ घरधुरी, वडा नं. १४ को जागरण मार्गमा ४०१ घरधुरी, वडा नं. वडा नं. २९ अनामनगरमा २३ घरधुरी छन् ।  

वडा नं. १० का अध्यक्ष एवं महानगरपालिकाको सामाजिक समितिका संयोजक रामकुमार केसीका अनुसार यस वडाको देवीनगर, विनायक नगर र शंखमुल गरी ३ ठाउँमा करिब २ सय ३० परिवार छन् । उनका अनुसार नदीको किनारामा सडक छ । सडकपछि वस्ती छ । 

वडा नं. ६ का सदस्य नरेन्द्रकुमार थापाका अनुसार वडाभित्रको रामहिटीमा १४८ घरधुरी, सुबिगाउँमा ४२, रेम्बोडाँडामा ९ घर, शान्तिनगरमा १४ घर, चुच्चेपाटीमा २२ घर र कुमारीगालमा ११ घरटहरा छन् ।  

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् । समितिको प्रतिवेदनले, काठमाडौं महानगरभित्र २ हजार २४५ घरधुरी, कागेश्वरी नगरपालिकामा ९०, बूढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी रहेको देखाएको छ । 

तीन वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाडौं उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबासी रहेको अनुमान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा कार्यदल बनाएको छ ।
स्थगित भयो रास्वपाको क्लोज क्याम्प

स्थगित भयो रास्वपाको क्लोज क्याम्प

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई दिन लागेको तीन दिने प्रशिक्षण स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौं । तर आवाजहरू उस्तै देखिन्छन्,’ उनले भने, ‘चार महिनाको अवधिमा देशमा उस्तै आवाज, अझ ठूलो आवाज– भएन, सकिएन भन्ने आवाज आउन...
गुण्डुमा ढलेका जेएनविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

गुण्डुमा ढलेका जेएनविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

नेकपा एमाले बागमती संसदीय दल नेता जेएन थपलियाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।