नेभिगेशन
समाज

निजामती सेवा विधेयकमा ३५ सय सुझाव प्राप्त, अध्ययन गर्न मन्त्रालयले बनायो कार्य समूह

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामाथि प्राप्त सुझाव अध्ययन गर्न कार्य समूह गठन गरेको छ । 

मन्त्रालयले शुक्रवार विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव मागेको थियो । विधेयकमाथि अहिले सम्म ३ हजार ५ सय भन्दा बढी राय, सुझाव प्राप्त भएका छन् । साथै प्रत्यक्ष भेटघाट, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूबाट समेत सुझावहरू प्राप्त भएका छन् । 
प्राप्त सुझावहरूलाई अध्ययन तथा विश्लेषण गरी विधेयकलाई थप प्रभावकारी बनाउन प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा कार्य समूह गठन गरेको छ । 
कार्य समूहले अहिले प्राप्त सुझावहरू माथि अध्ययन गरिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रारम्भिक मस्यौदा भएकाले अन्तिम रूप दिनुअघि सरोकारवालाबाट प्राप्त सुझावलाई उपयुक्तता र औचित्यका आधारमा समावेश गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताउनु भएको छ । 

Ncell
Extreme Energy

साथै मन्त्रालयले विधेयकको प्रारम्भिक मस्यौदामा सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकबाट सुझाव सङ्कलनको कार्य जारी रहेकाले सुझाव दिन आह्वान पनि गरेको छ । 

मन्त्रालयले यसअघि उपलब्ध गराएको सुझाव लिङ्कको अतिरिक्त अध्ययन कार्य समूहको [email protected]
इमेल तथा Whatsapp नम्बरहरू ९८५१०३६३२४, ९८५११४८०६४, ९८५११८७४७५ मार्फत समेत आफ्नो राय सुझाव र पृष्ठपोषण पठाउन सकिने जनाएकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।