नेभिगेशन
समाज

नागरिकको जीवन सहज बनाउनु मेरो प्राथमिकताः सांसद पौडेल

पोखरा । कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उत्तम प्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार र पर्यटनको विकासका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । सोमबार पोखरा महानगरपालिका वडा नं. २० का विभिन्न क्षेत्रमा पुगेर नागरिकहरूसँग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन् । 

सांसद पौडेलले पोखरा–२० अन्तर्गतका आटिघर, मौजा, मोहरिया र लामडाँडा क्षेत्रका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या र अपेक्षाबारे छलफल गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निरीक्षणका क्रममा सांसद पौडेलले पोखरा–२० र मादी जोड्ने पुलको आवश्यकता तथा लामडाँडा–मौजा–मोहोरिया–हिमालय मा.वि.–मन्छाप–हाइ अल्टिच्युड खेल मैदान (तोङ्यो ढाप) हुँदै घगम थान मन्दिर जाने १९ किलोमिटर सडकको अवस्थाबारे स्थलगत जानकारी लिएका छन् । 

Ncell
Extreme Energy

नागरिकको जीवन सहज बनाउन पूर्वाधार पहिलो सर्त भएको उल्लेख गर्दै उनले भने, ‘यी आयोजनाहरूको निर्माण मेरो प्राथमिकतामा रहनेछ। विकासका कामहरू कुनै पनि तहमा कतै पनि अड्कन नदिने गरी म खट्नेछु।’ 

पर्या–पर्यटनको प्रवर्द्धन र समन्वयकारी भूमिका

सांसद पौडेलले उक्त क्षेत्र होमस्टे र पर्या–पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताउँदै यहाँको विकासका लागि नीतिगत तहमा देखिएका अवरोधहरू हटाउन आफू लाग्ने प्रतिवद्धता जनाए । 

आफ्नो भूमिका नीति निर्माणमा मात्र सीमित नरहने स्पष्ट पार्दै उनले भने, ‘विकासका कामहरूमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै नागरिकको साथमा रहेर सहकार्य गर्न म प्रतिबद्ध छु। तपाईँहरूको आशा र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ।’ 

आफ्नो शक्ति नै जनताको साथ र सहयोग भएको बताउँदै उनले साझा सुन्दर भविष्य निर्माणको यात्रामा आफू निरन्तर नागरिकहरूसँगै रहने संकल्प समेत व्यक्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

धानमन्त्री बालेन शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्।
‘जलवायु संकटको मूल्य नेपालले चुकाउँदैछ, प्रदूषक राष्ट्रले बढी जिम्मेवारी लिनुपर्छ’

‘जलवायु संकटको मूल्य नेपालले चुकाउँदैछ, प्रदूषक राष्ट्रले बढी जिम्मेवारी लिनुपर्छ’

प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गर्ने नेपालले जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको भन्दै ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी...