नेभिगेशन
समाज

‘ह्वाइट हाउस कोरेस्पोन्डेट्स डिनर’मा ‘गोली चलाउने’ व्यक्तिलाई ट्रम्पको हत्या प्रयासको अभियोग

काठमाडौँ । ‘ह्वाइट हाउस कोरेस्पोन्डेट्स डिनर’मा ‘गोली चलाउने’ व्यक्तिलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरेको आरोप लगाइएको छ।

बीबीसीका अनुसार ३१ वर्षीय कोल टोमस एलेनलाई सोमबार वासिङ्टन, डीसीको अदालतमा उपस्थित गराई हतियारसम्बन्धी दुई अभियोग पनि लगाइएको छ। तर उनले अदालतमा कुनै बयान दिएनन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले न्यायाधीशका प्रश्नका जवाफ सानो स्वरमा दिए र लगभग हरेक प्रश्नको जवाफमा ‘हो’ र ‘होइन’ मात्र  भने।

Ncell
Extreme Energy

दोषी ठहरिएमा उनलाई आजीवन कारावास हुन सक्छ ।

गत शनिबार राति ह्वाइट हाउमा आयोजित संवाददाताहरूसँगथको डिनरमा उनले गोली चलाएको आरोप छ। घटनामा अमेरिकी गुप्तचर सेवा एक कर्मचारी घाइते भएका थिए। 

गिरफ्तार गरिएका युवकले आफू मेकानिकल इन्जिनियर, खेल विकासकर्ता र शिक्षक भएको दाबी गरेका छन्। उनी टोरेन्स, क्यालिफोर्नियाका बासिन्दा हुन्।

वासिङ्टन हिल्टनमा हरेक वर्ष आयोजना हुने डिनरमा राष्ट्रपतिसहित धेरै जना क्याबिनेट मन्त्री र प्रशासनका वरिष्ठ अधिकारीहरू सहभागी हुन्छन्। अनि सयौँ पत्रकार उपस्थित हुन्छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

धानमन्त्री बालेन शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्।
‘जलवायु संकटको मूल्य नेपालले चुकाउँदैछ, प्रदूषक राष्ट्रले बढी जिम्मेवारी लिनुपर्छ’

‘जलवायु संकटको मूल्य नेपालले चुकाउँदैछ, प्रदूषक राष्ट्रले बढी जिम्मेवारी लिनुपर्छ’

प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गर्ने नेपालले जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको भन्दै ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी...