नेभिगेशन
समाज

नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ गतेसम्म

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले महाधिवेशनको मिति तोकेको छ।

आगामी मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्नेृ गरी कार्यतालिका बनाइएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका, वडा र जनसंगठनहरूको संगठनात्मक समायोजनको काम सक्न निर्देशन दिइएको छ।

Ncell
Extreme Energy

असार र साउनसम्म श्रम शिविर सञ्चालन गर्ने, सदस्यता नवीकरण र विस्तारको काम सक्ने निर्णय गरिएको ज्वालाले बताए।

भदौ १५ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने, भदौ १६ देखि भदौ मसान्तसम्म पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उनले बताए।

असोज मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने, कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशनहरू सम्पन्न गरिसक्ने निर्णय भएको उनले बताए । 

दस्तावेज र प्रतिनिधिसम्बन्धी आवश्यक व्यवस्था कार्यसमिति बैठकबाट निर्णय गरिने र कार्यविधि तहगत कमिटीमा पठाइने पनि उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।
विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

धानमन्त्री बालेन शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्।
‘जलवायु संकटको मूल्य नेपालले चुकाउँदैछ, प्रदूषक राष्ट्रले बढी जिम्मेवारी लिनुपर्छ’

‘जलवायु संकटको मूल्य नेपालले चुकाउँदैछ, प्रदूषक राष्ट्रले बढी जिम्मेवारी लिनुपर्छ’

प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गर्ने नेपालले जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको भन्दै ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी...