नेभिगेशन
समाज

बागलुङ नगर अस्पताल भवन निर्माण स् दुई वर्षमा सकिनु पर्ने काम तीन वर्षमा ४५ प्रतिशत

बागलुङ। बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । 

बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ ।  भवन निर्माण कम्पनीले पटकपटक म्याद थपेर काम नगर्दा बागलुङ नगरपालिका–१३ पैयुपाटामा निर्माणाधीन अस्पतालको भवन निर्माण अलपत्र परेको हो । दुई वर्षमा काम सकिनुपर्ने भवनको अन्तिम म्याद सकिएपछि पनि तीन वर्ष समय गुज्रेको छ । तर भवनको काम अझै ४५ प्रतिशत बाँकी छ । यो भवन निर्माण गरेर नगरले धौलागिरि अस्पतालको विकल्पका रुपमा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष राखेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०८० असार २० गते सम्पन्न गर्ने गरी २०७८ असारमा निर्माण कम्पनीले सम्झौता गरी भवन निर्माणको काम थालेको थियो । कम्पनीले दोस्रो पटक थपेको म्याद गत असारमै सकिएको थियो भने तेस्रो पटकको म्याद आगामी असारसम्म छ । 

Ncell
Extreme Energy

तेस्रो पटक थपिएको म्यादसम्म अस्पताल भवन निर्माणको काम ५५ प्रतिशत मात्रै छ । दुई वर्षअघि ५० प्रतिशत सकिएको काम २४ महिनायता पाँच प्रतिशत मात्रै थपिएको छ । समयमै काम सक्न ताकेता गरे पनि ठेकेदार पक्षले बेवास्ता गर्दै आएको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले बताए ।  “म्याद थप्ने बेलामा केही कामदार ल्याएर काम गरेजस्तो गर्ने व्यवहारले लक्ष्यअनुसार काम हुन सकेन”, घर्तीले भने ।

पटकपटक म्याद थपेर पनि निर्माण कम्पनीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बेवास्ता गरेको बागलुङ–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेल बताउँछन् । 

 “कछुवा गतिको कामले घरछेवैमा विशिष्टीकृत सेवा पाउने आशा निराशा परिणत हुँदै गएका छन्”, उनले भन्नुभयो, “ठेकेदारले कर्तव्यबोध नगर्दा गाउँका जनताले दुःख पाए ।”  

सङ्घीय सरकारको बजेट साझेदारीमा नगरपालिकाले अस्पतालको भवन निर्माण थालेको हो । अस्पतालको भवन समयमै बनेमा बलेवा क्षेत्रका पैयुँपाटा, नारायणस्थान, अमलाचौरसँगै भकुण्डे, रायडाँडासहित जैमिनी नगरपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।

नगरपालिकाले १५ शय्याको अस्पताल बनाउने गरी १२ करोड ८७ लाखमा २०७८ असारमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले अहिलेसम्म चार करोड ५३ लाख भुक्तानी पाएको लेखा अधिकृत प्रेमप्रसाद शर्माले बताए ।

नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार, भवन निर्माण सम्पन्न भएमा एक एमजिडिपी डाक्टर, तीन मेडिकल अफिसर, चार स्टाफ नर्स, चार हेल्थ असिस्टेन्टसहित ३० जना स्वास्थ्यकर्मी पठाएर सेवा दिने तयारी छ । अस्पतालका लागि स्वीकृत दरबन्दी भए पनि भवन निर्माण सम्पन्न नहुँदा माग गर्न नसकिएको खनालको भनाई छ । 

निर्माण कम्पनीका प्रमुख नरेश ओझा पहिलो चरणमा बजेट अभाव हुँदा कामले गति लिन नसकेको बताउनुहुन्छ । नगरपालिकाबाट बजेट भुक्तानी भएमा पर्याप्त कामदार खटाएर काम सम्पन्न गर्न सकिने ओझाको भनाइ छ । नगर उपप्रमुख राजु खड्काले भने अघिल्लो वर्षकै बजेटमा भुक्तानी दिने योजना बनाए पनि निर्माण कम्पनीले कामै नगरेको तर्क गर्नुहुन्छ ।
–––

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका थिए। एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा...
‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत...
२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा २४ गते नेपाल आउने भएका छन् । उपचारको हङकङमा रहेका देउवा २४ गते नेपाल फर्कने तय भएको उनी निकट स्रोतले जानकारी दियो...
ब्रड पिकमा बेपत्ता भएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको मृत्यु

ब्रड पिकमा बेपत्ता भएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको मृत्यु

निर्मल पुर्जा संस्थापक रहेको संस्था इलाइ एक्सपेड उनको मृत्यु भएको जानकारी गराएको छ । उक्त पेजले भनेको छ, ‘आज हामी अत्यन्त दुःख र गहिरो पीडाका साथ पुष्टि गर्न...